दर्शन सुनार/ लोकप्रिय दैनिक
दाङ देउखुरी सेवा समाज कतारले “सातौ अधिवेशन“ भब्य रुपमा सम्पन्न गरेको छ ।
“दाङ देउखुरीको चाहना,प्रवासमा सभ्य एवं सुरक्षित रोजगारको कामना“ भन्ने मुल नाराका साथ गृह जिल्ला दाङ देखि कतार सम्म सामाजिक कार्यमा सक्रिय रहेको समाजले शुक्रबार ग्राण्डमल स्थित वेलफेयर रेष्टुरेन्टको सभाहलमा सम्पन्न अधिवेशनको बन्द शत्रबाट आगामी कार्यकालका लागी दाङ जिल्ला तुल्सीपुर उपमहानगर पालिका वडा न १८ का केशव बुढा मगर अध्यक्षमा निर्विरोध निर्वाचित हुनुभएको छ ।
त्यस्तै उपाध्यक्षमा उषा परियार,उपाध्यक्ष मनिषा खडका,उपाध्यक्ष छबिलाल परियार, महासचिवमा चिन्तामणि भुसाल सचिबमा सुरत शाही ठकुरी,कोषाध्यक्षमा प्रेम बहादुर चौधरी र सह–कोषाध्यक्षमा अनन्त बहकरी निर्वाचित हुनुभएको छ । कार्यसमिति सदस्यहरुमा जंग बहादुर रोका मगर, लाल सिंह बि.क, बिना मगर, नारायण थापा, यम जिसी, रेश्मी सेन्चुरी, मन्जु सिंह, रुपा पौडेल वली,शेर बहादुर डिसी, प्रेम बहादुर डिसी रहनुभएको छ । बाकी रिक्त रहेका तीन कार्यसमिति सदस्य निर्वाचित कार्यसमितिले पहिलो बैठकमा मनोनीत गर्ने समाजले जनाएको छ । नव निर्वाचित पदाधिकारीहरुलाई समाजका संरक्षक सदस्य तथा निर्वाचन समितिका संयोजक अर्जुन खडकाले पद तथा गोपनियताको सपथ ग्रहण गराएका थिए ।
फरबरी १४ तारिक प्रेम दिवस अर्थात भ्यालेन्टाईन (डे) को शुभ अवसरमा कार्यक्रममा उपस्तिथ सम्पुर्ण अतिथीहरुलाई गुलाबको फुल दिएर स्वागत गरिएको कार्यक्रममा समाजका अध्यक्ष रन बहादुर केसीको सभापतित्व तथा गैर आवासिय नेपाली संघ एनसिसी कतारका अध्यक्ष रमेश भट्टको प्रमुख आतिथ्यता रहेको थियो । बिधिगत रुपमा ब्यानर अनावरण तथा दिप प्रज्वलन गरेर अगाडी बढेको कार्यक्रममा कलाकार अनिता परियारले यो नेपाली शिर उचाली, राष्ट्र भाव गितमा स्वागत नृत्य पेश गर्नुभएको थियो । समाजको दुई बर्षे कार्यकालको प्रगति बिवरण समाजका महासचिव चिन्तामणी भुषालले अधिवेशनमा पेश गर्नुभएको थियो ।
सामाजिक कार्यका लागी समाजले आयोजना गरेका हरेक कार्यविधीलाई विभिन्न कोणबाट साथ सहयोग गर्दै आईरहेका सहयोगी दाताहरु,प्रदेश मातहतमा रहेका जिल्ला संस्था,समाजका सम्पुर्ण कार्यसमिति, कलाकार तथा पत्रकारहरुलाई दोसल्ला ओढाएर सम्मान पत्र सहित सम्मान गरिएको थियो । कार्यक्रममा विभिन्न गायन तथा नृत्य बिधाका कलाकारहरुले आफ्नो सांगीतिक प्रस्तुति दिएका थिए । अधिवेशनमा लुम्बिनी प्रदेशका विभिन्न बिशिष्ट ब्यक्तिहरुले शुभकामना मन्तव्य समेत राखेका थिए । शुभकामना वक्ताहरुले समाजले स्थापना काल देखि नै सामाजिक हक र हितका लागी अत्यन्तै राम्रा कामहरु गर्दै आईरहेको बताउदै अब बन्ने नयाँ समितिले प्रदेश मातहतकै सर्वोउत्कृष्ट सामाजिक काम गर्ने जिल्ला संस्थाको सुचीमा दाङ देउखुरी समाज रहनेछ भन्ने शुभकामना समेत दिनुभएको थियो । कार्यक्रमका प्रमुख अतिथी भट्टलाई समाजले दोसल्ला ओढाएर कदर पत्र सहित सम्मान गरिएको थियो । सम्मान पश्रांत भट्टले आफ्नो मन्तव्य बोल्दै संस्कृति परम्परा र धार्मिक महत्व बोकेको दाङ देउखुरी सेवा समाजले सामाजिक हक र हितका लागी राम्रा काम गरेर कतारमा स्थापित सामाजिक संघ संस्थांहरु मध्यकै अग्रणी संस्था रहेर सफलता हासिल गर्न हौसला प्रदान गर्नुभयो । उहाँले अब आउने नयाँ कार्यसमितिले गैर आवासिय नेपाली संघ सगं हातेमालो गरेर कतारमा रहेका नेपाली श्रमिकका दुख सुखमा साथ र सहयोग गर्नेछ भन्ने बिश्वास व्यक्त गर्नुभयो ।
समाजका उपाध्यक्ष केशव बुढा मगरले स्वागत मन्तव्य राखेको कार्यक्रमको सहजीकरण समाजका महासचीव चिन्तामणी भुषालले गर्नुभएको थियो । अधिवेशनको खुल्ला शत्रको समापन गर्दै सभापती केसीले आफ्नो कार्यकाल भब्य रुपमा सफल बनाउन साथ सहयोग गर्नुहुने कार्यसमितिका सम्पुर्ण पदाधिकारी प्रदेश मातहतमा रहेका विभिन्न जिल्ला संस्थाहरुलाई धन्यवाद व्यक्त गर्दै अब बन्ने नयाँ कार्यसमितिले कतारमा स्थापित विभिन्न सामाजिक संघ संस्था सगं हातेमालो गरेर कतार तथा गृह जिल्लाको लागी उत्कृष्ट कार्य सम्पादन गर्नेछ भन्ने बिश्वास व्यक्त गर्दै खुल्ला सत्रको समापन गर्नुभयो ।
