स्थानीय कृषकको सहयोगी साथीको रुपमा नेत्र ज्योती कृषी सहकारी संस्था आएकोमा खुशी लागेको चौतारा साँगाचोकगढी नगरपालिकाका कृषकहरुले बताएका छन् । नेत्रज्योती कृषी सहकारी संस्थाको आयोजनामा वडा नं. २ मा भएको कृषि अनुसन्धान तथा अभिमुखीकरण कार्यक्रमका सहभागीहरुले यस्तो बताएका हुन । सिन्धुपाल्चोक जिल्लाको चौतारा सागाचोकगढी नगरपालिका वडा नं. २ बतासेमा वडा नं.२ को आर्थिक सहयोगमा कृषि अनुसन्धान तथा अभिमुखीकरण कार्यक्रममा माटो अनुसार खेती कसरी गर्ने र हरेक नागरिकले आफ्नै जमिनमा खाद्यन्न उतपादन गर्ने तरिकाका बारेमा भवानी प्रसाद बराल र महेश गौतमले जानकारी गराउँनु भएको थियो ।
२ नं. वडा अध्यक्ष सुदिप श्रेष्ठको प्रमुख अतिथ्यतामा प्रधानमन्त्री कृषी आधुनिककरण परियोजना सिन्धुपाल्चोकका प्रमुख सुरेन्द्र पोख्रेलको बिशेष अतिथ्यतामा नेपाल पत्रकारमहासघं सिन्धुपाल्चोकका कोषाध्यक्ष दिपक खत्री वडा सचिब मोहन बहादुर थापा, लगाएतको अतिथ्यतामा र सहकारी सस्थाका अध्यक्ष कृष्ण बहादुर नेपालको सभापतित्वमा भएको कार्यक्रमको बारेमा जानकारी दिनुहुँदै नेत्रज्योती कृषी सहकारी संस्थाका व्यवस्थापक नेपाल पत्रकार महासघं काठमाण्डौ जिल्ला कार्यसमितीका सदस्य लोकप्रिय समाचार दैनिकका नेत्र बहादुर बस्नेतले सहकारी संस्थाले आर्थिकको कारोबार होइन समाजिक आय–आर्जनको कारबोर गर्ने बाँझो रहेको जग्गामा खेती गर्नेहरुलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताउँनु भयो । वडा कार्यालयको आर्थीक सहयोग र नेत्रज्योति सहकारी संस्थाको आयोजनामा संचालन भएको कार्यक्रममा कृषकहरूलाई कृषि उत्पादनमा जोड दिई बाँझो खेतबारीहरूलाई खेतियोग्य उत्पादनमुखी बनाउन प्रोत्साहन गरिएको थियो ।
कार्यक्रममा वडा सचिब मोहन बहादुर थापाले कृषकको समस्या समाधानका लागी वडा अध्यक्ष , नगरपालिकामा जानकारी गराएर समधान गर्न तैयार रहेको भएतापनी आफुहरु कहाँ समस्या नै नआइपुगेको बताउँनु भयो । प्रधानमन्त्री कृषी आधुनिककरण परियोजनाका प्र्रमुख सुरेन्द्र पोख्रेलले कृषी पेशामा लाग्नेका लागी सरकारले हरेक बिषयमा सहयोग गरिरहेको बताउँनु भयो । प्रमुख अतिथीको आशनबाट बोल्दै वडा अध्यक्ष सुदिप श्रेष्ठले स्थानीय स्तरमा हुने उत्पादनमुखी कामका लागी वडाबाट हुने वडाबाट र नगरबाट हुने नगरबाट र प्रदेस तथा संघबाट हुने सहयोग ल्याउँन आफु सक्षम रहेको तर कृषकले आफुलाई परेको समस्या भन्न पर्ने बताउँदै कसले खेती गर्ने कसले नगर्ने आफुलाई थाहा हुदैन र कसका लागी के दिने भनी प्रश्न गर्नुभयो । उहाँले कृषी अनुदान लिने मात्र होइन अनुदान दिए अनुसमर काम पनि हुन पर्याे भन्दै टेक्टर लिने किसानले जोत्न पर्याे घरमा थन्काएर पुरानो भयो भन्न पाइए र काम गरेर पुरानो भयो वडा सरकारले नयाँ दिन्छ तर काम उपलब्धीमुलक हुन पर्यो भन्नुभयो ।
श्रेष्ठले खेती किसान गर्ने कृषकलाई बिउ दिने माटोको परिक्षण गरिदिने हरेक कार्यमा अनुलान सअउोग लिने गरेको बताउादै उत्पादनमा समेत नगरपालिकाले अनुदान दिएको छ भन्नु हुँदै छोराछोरीलाई बिदेस पठाउने होइन गाँउमा नै कृषी उत्पादनमा लगाउँन पर्नै बताउँनु भयो । उहाँले समाजमा शिक्षित वर्गका मानिसहरू धेरै भएतापनि कम विकास भएको, जग्गाहरू बाँझो खेतबारी धैरै भएको कमै मात्रममा खेति लगाइएको र कृषकहरू कृषितर्फ उन्मुख नभएको चिन्ता लागेको बताउनु भयो ।
