सम्पर्क

चौतारा सँँगाचोकगढी नगरपालिका ८ इर्खुका सबैले कृषिमा सहयोग पाउँने

सिन्धुपाल्चोक जिल्ला चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. ८ का कृषकहरु सबैले कृषी उत्पादनका लागी आबश्यक सहयोग पाउँने भएका छन् ।
नेत्रज्योती कृषी सहकारी संस्थाको आयोजनामा इर्खुमा भएको तरकारी फलफुल तथा बजारीकरण सम्बन्धि भएको अभिमुखीकरण कार्यक्रममा बोल्दै वडा अध्यक्ष अमृत दङ्गालले हरेक तरकारी उत्पादक कृषकहरुलाई १/१ टडेला दिने घोषणा गर्नु भएपछी कृषकहरु खुशी भएका छन् । कृषकले तरकारी खेती गर्नका लागी नेत्रज्याती कृषी सहकारी संस्थाले बिउ सहयोग गर्ने र कृषी बिकास बैङ्कले आबश्यकता अनुसार कृषी उत्पादनका लागी कृषी कर्जाको व्यवस्था गर्ने भएका कारण कृषी उत्पादनका लागी सबै खाले सहयोग पाउँने भएका हुन् ।
चौतारा साँगाँचोकगढी नगरपालिका वडा नं. ८ को आर्थिक सहयोगमा माघ १५ गतेदेखी सुरु भएको अभिमुखीकरण कार्यक्रममा सहभागीहरुलाई बुधबार सम्बोधन गर्ने क्रममा वडा अध्यक्ष दङ्गालले स्थानीय स्तरमा उत्पादन हुने खाद्यन्नको उत्पादन गरेर स्थानीय स्तरमा नै रोजगारको ब्यवस्था गर्नका लागी आफुले जस्तोसुकै सहयोग गर्ने बताउँदै वडाबाट हुने वडाबाट, नगरबाट हुने नगरबाट जहाँबाट भएपनि स्थानीय उत्पादनका लागी आफुहरुले सक्दो सहयोग गर्ने बताउँनु भयो ।
कार्यक्रममा नेत्रज्याती कृषी सहकारी संस्थाका व्यवस्थापक नेत्र बहादुर बस्नेतले खेती जग्गा बाँझो राखेर बजारमा गएर किनेर खाँदा स्वादिलो हुने केही दिनको लागी राम्रो हुने तर त्यसबाट पर्ने असर भनेको पहिलो स्वास्थ्य हो, बजारमा किन्न जाँदा पैसा धेरै पर्ने र बजारका सामाग्री खाँदा बिरामी हुने अनी उपचारका लागि पनि पैसा खर्च हुने कारणले गर्दा एका तिर शरिर पनि अस्वस्थ हुने अर्काे तर्फ पैसा पनि सकिने हुँदा यस्तो अबस्थामा आफ्नै उत्पादन खादा फाइदा हुन्छ भन्नु हँुदै कृषी उत्पादनका लागी जमीन र श्रम कृषकको बिउ र प्रबीधी र बजार स्थानीय सरकारको फाइदा कृषककको हुने गरी काम गर्न सहकारीले सँधै सहयोग गरिरहने बताउँनु भयो ।