दर्शन सुनार/ लोकप्रिय दैनिक, कतार
गण्डकी प्रदेश समन्वय परिषद कतारले “चौथो अधिवेशन“ शुक्रबार फुलबारी रेष्टुरेन्टको सभाहलमा भब्य रुपमा सम्पन्न गरेको छ ।
गण्डकी प्रदेश समन्वय परिषद कतारका कार्यवाहक अध्यक्ष नन्द्लाल बिक अजयको सभापतित्व तथा गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद एनआरएनए आईसीसीका उपमहासचीव प्रवीण गुरुङको प्रमुख आतिथ्यतामा सम्पन्न अधिवेशनको खुल्ला शत्र र बन्द शत्र गरि दुई चरणमा सम्पन्न बन्द शत्रबाट आगामी कार्यकालका लागी अध्यक्षमा नन्द्लाल बिक अजय सर्वसम्मत निर्वाचित हुनुभएको छ । वरिष्ठ उपाध्यक्षमा रोशन अर्याल (स्याङ्जा), उपाध्यक्षद्धय कल्याण थापा (लमजुङ) र अर्जुन सङ्ग्रौला (गोरखा), महासचिवमा मन प्रसाद राना मगर (कास्की), कोषाध्यक्षमा मदन जि सी (बाग्लुङ्) रहनुभएका छन् ।
कार्यसमिति को पदेन सदस्यहरूमा बाबुराम भण्डारी (म्याग्दी), निराजन गौतम (बाग्लुङ्), सन्तोष क्षत्री (पर्वत) अग्निधर देवकोटा (कास्की), विनोद प्रसाद बर्सौला (लमजुङ), ओम गुरुङ (गोरखा), घनश्याम जैसी (स्याङ्जा) र मीनराज वाग्ले (तनहुँ) रहेका छन् । नव निर्वाचित पदाधिकारीहरुलाई निर्वाचन समितिका संयोजक राकेश श्रेष्ठले पद तथा गोपनियताको सपथ ग्रहण गराउनुभएको थियो ।
बिधिगत रुपमा ब्यानर अनावरण सहित दिप प्रज्वलन गर्दै अगाडि बढेको कार्यक्रममा कलाकार सुधा परियारले स्वागत नृत्य पेश गरेकी थिईन ।दुई बर्षे कार्यकालको कार्यप्रगती बिवरण महासचिव कल्याण थापाले र आर्थिक आयव्यय विवरण कोषाध्यक्ष रोशन अर्यालले अधिवेशनमा पेश गर्नुभएको थियो ।
साहित्यकार सिताराम थापाले पैसा न तिर्ने मेरो एउटा साथी छ भन्ने शिर्षकमा कविता वाचन गर्नुभएको थियो । कलाकार बाबू कौशल,यमुना पटेल,रेश्मी सेञ्चुरीले आफ्नो सांगीतिक प्रस्तुति दिनुभएको थियो ।
हास्यंकलाकार सुरज खनाल र बाबू कौशलले हास्यव्यंग्य प्रस्तुत गर्नुभएको थियो ।
जीवन बिज्ञान प्रतिष्ठान कतारका संयोजक तथा प्रशिक्षक रामजी खत्रीले योग साधना, ब्यायाम शारीरिक तथा मानसिक रुपमा स्वास्थलाई हुने फाईदा बेफाइदाका बारेमा प्रष्ट पार्दै हलमा उपस्थित सम्पुर्णलाई अभ्यास समेत गराउनुभएको थियो ।
कार्यक्रममा उपस्थित सम्पुर्ण अतिथीहरुलाई शिरमा ढाका टोपी लगाईदिएर स्वागत गरिएको अधिवेशनमा गैर आवासिय नेपाली संघ एनसिसी कतारका अध्यक्ष रमेश भट्ट, प्रदेश मातहतका जिल्ला संस्था,पुर्व कार्यसमिति तथा पदेन सदस्य,कलाकार तथा पत्रकारहरुलाई सम्मान पत्रद्धारा सम्मान गरिएको थियो । राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान शाखा कतारमा आवद्ध रहेका कलाकारहरुले उत्कृष्ट भजन प्रस्तुत गर्नुभएको थियो । कार्यक्रमका प्रमुख अतिथी गुरुङलाई दोसल्ला ओढाएर मायाको चिनो र सम्मान पत्र सहित सम्मान गरिएको थियो ।
प्रमुख अतिथी गुरुङले आफ्नो मन्तव्य बोल्दै गण्डकी प्रदेश पर्यटकिय स्थल रहेको र निकट भबिष्यमा संरक्षण गर्न सकेमा थप टेवा पुग्ने बताए । गुरुङले कुनै पनि समाज विधि बिधान र पद्धतिले चल्ने हुँदा सामाजिक संस्थामा राजनीति हाबी न गर्न सुझाब समेत दिनुभएको थियो ।
कतारमा स्थापित विभिन्न संघ,संस्थाका प्रमुख तथा प्रतिनिधि उपस्थिति रहेको कार्यक्रममा शुभकामना मन्तव्य समेत रहेको थियो ।
शुभकामना वक्ताहरुले गण्डकी प्रदेशसँगैं प्रदेश मातहतमा रहेका जिल्ला संस्थाहरुले कतार तथा गृह जिल्लाका बिकास सगं जोडिएर राम्रा काम गर्दै आईरहेको प्रशंसा समेत गर्नुभएको थियो ।
प्रदेश समन्वयका उपाध्यक्ष पदम बहादुर राना भाटले स्वागत मन्तव्य राखेको अधिवेशनको सहजीकरण महासचिव कल्याण थापाले गरेका थिए ।
अधिवेशनको खुल्ला सत्रको समापन गर्दै सभापति नन्द्लालले अधिवेशनलाई भब्यताका साथ सम्पन्न गर्न साथ सहयोग गर्नुहुने सम्पुर्णलाई हार्दिक आभार सहित कृतज्ञता प्रकट गर्नुभयो ।
Pic by tilu sharma
