सम्पर्क

ब्रेकिङ न्युज २

आठ महिनामा ५६ अर्ब बराबरको खाने तेल निर्यात

ब्रेकिङ न्युज २
काठमाडौँ नेपालले पछिल्लो आठ महिनामा करिब ५६ अर्ब बराबरको खानेतेल निर्यात गरेको छ । विदेशबाट कच्चा पदार्थ आयात गर्ने र नेपालमा प्रशोधन गरी मूल्य अभिवृद्धि गरेर खानेतेल बेच्दा निर्यात उल्लेख्य रुपमा बढेको हो । भन्सार विभागले सार्वजनिक गरेको चालु आर्थिक वर्षको फागुन मसान्तसम्मको वैदेशिक व्यापारको तथ्याङ्कअनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा यसवर्ष आयात ११ दशमलव २० र निर्यात ५७ दशमलव २० प्रतिशतले बढेको छ । अर्थात् गतवर्षको तुलनामा यसवर्ष नेपालको निर्यातमा खानेतेलको निकै ठूलो हिस्सा देखिएको छ । पछिल्लो आठ महिनामा रू एक खर्ब ५८ अर्बको निर्यात गर्दा नेपालले रू ४७ अर्ब ९४ करोड ६६ लाख बराबरको भटमास (सोयाबिन) तेल मात्रै निर्यात गरेको छ । त्यस्तै, रू सात अर्ब ९८ करोड २३ लाख बराबरको सूर्यमुखी तेल, रू पाँच अर्ब ८३ करोड ७३ लाखको अलैंची, रू चार अर्ब ३२ करोड ३९ लाखको कार्पेट निर्यात भएको छ । वि...

प्रगतिशील लेखक संघ सिन्धुपाल्चोकमा सरस्वती

ब्रेकिङ न्युज २, समाचार
प्रगतिशील लेखक संघ नेपाल सिन्धुपाल्चोकको सातौ जिल्ला अधिबेशनबाट सरस्वती अधिकारीको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको छ । जिल्ला सम्मेलन नेपाल पत्रकार महासंघको सभाहलमा बुधबार सम्पन्न भएको हो । प्रगतिशील लेखक संघ बागमती प्रदेशका स. इन्चार्ज डा. कृष्ण सुवेदीकोे प्रमुख आतिथ्यमा र प्रलेस बागमतीका अध्यक्ष डा. हरि प्रसाद सिलवालको विशेष आतिथ्यतामा सङ्घको आगामी तीनवर्षे कार्यकालका लागि नयाँ जिल्ला कार्यसमिति गठन गरिएको हो । सम्मेलनले कार्यसमितिको उपाध्यक्षमा हेमन प्रधान, सचिवमा शंकर पराजुली, सह–सचिवमा ज्ञानेन्द्र तिमल्सिना, कोषाध्यक्षमा दिपेन्द्र श्रेष्ठलाई चयन गरेको छ । यसैगरी सदस्यहरुमा शम्भु प्रसाद सुवेदी, संङ्गीता सुवेदी र फस बहादुर न्यौपाने चयन हुनुभएको छ । सम्मेलनले गंगा प्रसाद पौडेल, सुरेश कसजु, लक्ष्मण तिमल्सिना, यदुनाथ वसन्तपुरे र साधुराम नेपाल लगायतको सल्लाहकार समिति पन...

कल्लेरी सामुदायिक वनमा डढेलो नियन्त्रणका लागि अभ्यास

ब्रेकिङ न्युज २, समाचार
सिन्धुपाल्चोक जिल्ला चौतारा साँगाचोकगढी नगरपालिका–७ स्थित कल्लेरी सामुदायिक वनमा डढेलो नियन्त्रण सम्बन्धी तालिम सञ्चालन गरिएको छ । सामुदायिक वनलाई सक्रिय बनाएर डढेलो नियन्त्रणमा जिम्मेवार बनाउन सव डिभिजन वन कार्यालय चौताराले स्थलगत अभ्यास गरेको हो । चौतारा साँगाचोकगढी नगरपालिका–७ स्थित कल्लेरी सामुदायिक वनमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, वन रक्षक तथा कर्मचारीहरूसहित समुदायका ४० बढीको सहभागिता सोमबार फिल्ड अभ्यास गरेको थियो । सामुदायिक वनको संरक्षण, सम्वद्र्धन र सदुपयोगलाई ध्यानमा राख्दै सामुदायिक वनलाई डढेलोबाट जोगाउन अग्नि रेखा निमार्णसंँगै सुरक्षित डढेलो, डढेलो नियन्त्रण अभ्यास, पुर्व तयारी लगायतका विषयमा सक्षम बनाउन स्थलगत अभ्यास गरिएको रेन्जर कमला श्रेष्ठले बताउँनु भयो । डिभिजन वन कार्यालय सिन्धुपाल्चोकका हरित स्वयमसेवक संयोजक शारदा प्रसाद चालिसेले वन डढेलो नियन्त्रणको सै...

पिडित फणेश्वर गौतमलाई पाल्पाली सेवा समाज कतारको आर्थिक सहयोग

ब्रेकिङ न्युज २, समाचार
दर्शन सुनार/लोकप्रिय दैनिक कतार कतारमा रहेका पाल्पालीहरुको साझाँ संस्था पाल्पाली सेवा समाज कतारले गृह जिल्लाका एक पिडितलाई आर्थिक रकम सहयोग गरेको छ । बिगत लामो समय देखि कलेजो र फोक्सोमा समस्या देखिएर बिमारी परेका पाल्पा जिल्ला रामपुर नगरपालिका वडा न ७ निवासी बर्ष ३८ का फणेश्वर गौतमलाई (२५५०५) रुपैयाँ आर्थिक रकम सहयोग गरेको हो । बिगत दश महिना देखि फोक्सो र कलेजोमा समस्या देखा परेर बिरामी परेका गौतमको आर्थिक अवस्था निकै कमजोर रहेको र उपचारको क्रममा आफू सगं भएको रकम खर्च भईसकेको र थप उपचारका लागी समस्या परेको बताउदै गौतमकी श्रीमती दिपा पाठक गौतमले पाल्पाली सेवा समाजसँग आफ्नो श्रीमानको थप उपचारको लागी आर्थिक रकम सहयोग जुटाईदिएर श्रीमानको ज्यान बचाइँदिन अपिल सहित अनुरोध गर्नु भएको थियो । सेवा समाजले कतारलाई कर्मथलो बनाईरहेका पाल्पालीहरु बिच सहयोग अभियान सञ्चालन गरी रकम सकंलन गरेर बिरामीको शिघ...

घरेलु तथा साना उद्योग महासघं सिन्धुपाल्चोकको अधिबेशन सम्पन्न

जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज २, विचार, समाचार
नेपाल घरेलु तथा साना उद्योग महासघं सिन्धुपाल्चोकको चौथो जिल्ला अधिबेसन सुकुटेमा सम्पन्न भएको छ । नेपाली काँग्रेस सिन्धुपाल्चोकका सभापती जङ्ग बहादुर लामाको प्रमुख अतिथ्यतामा र नेपाल बार एशोसियशन जिल्ला अदालत सिन्धुपाल्चोकका अध्यक्ष भुपेन्द्र बहादुर थिङ्गको बिशेष अतिथ्यतामा आइतबार जिल्ला अध्यक्ष उषा तामाङ्गको सभापतित्वमा भएको जिल्ला उद्यमी भेला तथा महीला भेला एवम चौथो जिल्ला अधिबेशनले सहदेब तामाङ्ग जुगलको अध्यक्षतामा नयाँ कार्यसमिती निर्बाचित गरेको छ । यसै गरी कार्य समितीको बरिष्ठ उपाध्यक्षमा विवेक पौडेल हेलम्बु,उपाध्यक्षमा भिम बहादुर श्रेष्ठ चौतारा, महासचिबमा ल्हाक्पा शेर्पा भोटेकोसी ,कोषाध्यक्षमा सञ्चमाँया तामाङ्ग मेलम्ची,सचिबमा छबीलाल भट्टराइ त्रिपुरासुन्दरी र सदस्यहरुमा टङ्कलाल श्रेष्ठ सुनकोसी,हिरामाँया श्रेष्ठ बाह्रबिसे ,रती माँया मगर इन्द्रावती,शेर बहादुर सिवाकोटी बलेफीलाइ निर्बरोध...

दुलाल बन्धु सेवा समाज, सिन्धुपाल्चोकको अध्यक्षमा विजयकुमार दुलाल

ब्रेकिङ न्युज २, समाचार
दुलाल बन्धु सेवा समाज, सिन्धुपाल्चोकको तेस्रो जिल्ला सम्मेलन मेलम्चीमा सम्पन्न भएको छ । बागमती प्रदेश सभा सदस्य तथा पूर्वमन्त्री युवराज दुलालको प्रमुख आतिथ्यतामा शनिबार मेलम्चीमा सम्पन्न सम्मेलनले विजयकुमार दुलालको अध्यक्षतामा १५ सदस्य नयाँ कार्यसमिति निर्वाचित भएको छ। समितिको उपाध्यक्षमा भीमसेन दुलाल र चण्डिका दुलाल सचिवमा रामचन्द्र तुलाल कोषाध्यक्षमा युवराज दुलाल चयन हुनुभएको छ। त्यस्तै सदस्यहरूमा मनोरञ्ज दुलाल टिकादत्त दुलाल राजकुमार दुलाल प्रकाश दुलाल झम्कप्रसाद दुलाल भीमप्रसाद दुलाल चोकबहादुर दुलाल लक्ष्मी दुलाल निर्मला दुलाल र क्षेत्रबहादुर दुलाल निर्वाचित भएको निर्वाचन समिति संयोजक यादवप्रसाद दुलालले जानकारी दिनुभयो ।...
वित्तिय शिक्षा तथा व्यवसायीक साक्षरता कार्यक्रम इर्खुमा

वित्तिय शिक्षा तथा व्यवसायीक साक्षरता कार्यक्रम इर्खुमा

ब्रेकिङ न्युज २, समाचार
   नामलाई होइन कामलाई बिश्वास गर्ने र वास्तविक कृषकको हातमा कृषि कार्यक्रम पुर्याउँने योजनाका साथ चौतारा साँगाचोकगढी नगरपालिका लागी परेको प्रमुख प्रशासकीय अधिकृत बैकुण्ठ सापकोटाले बताउँनु भएको छ । यहाँले सहकारी धेरै प्रकारका छन्, बचत कृषी, बहुउद्धेश्यीय सबै खाले आ–आफ्ना उद्धेश्य अनुसार काम गरिरहेका सहकारीहरु छन्, त्यसमध्य पनि नेत्रज्योती कृषी सहकारी संस्थाको आफ्नै महत्व छ, भन्नुहुँदै कृषी उत्पादनमा जोड दिएर उत्पादनमुखी काम गर्न प्रोत्साहन दिने सहकारीलाई पहिलो प्राथमिकतामा राखेर सहयोग गरिरहेको बताउँनु भयो । उहाँले चौतारा साँगाचोकगढी नगरपालिका पडा नं. ८ मा नेत्रज्योत्ी कृषी सहकारी संस्थाद्धारा आयोजित बित्तीय साक्षरता कार्यक्रममा सहभागीहरुलाई सम्बोधन गर्दै यस्तो बताउँनु भएको हो । उहाँले नगरपालिकाले साधरणसभा नियमित नगर्ने स्थानाीय स्तरमा काम नगर्ने कागजपत्र मात्र बनाएर अनुदान लिने मात्र काम ...

नगरप्रमुख तामाङद्वारा एसईई माध्यमिक शिक्षा परीक्षा केन्द्रहरूको निरीक्षण

बिजनेस, ब्रेकिङ न्युज २, विचार, समाचार
  विहिबार देखि देसै भर एसईई (माध्यमिक शिक्षा परीक्षा सुरु भएको छ । सिन्धुपाल्चोक जिल्लामा पनी परिक्षा सुरु भएको छ । यसै सिलसिलामा मेलम्ची नगरप्रमुख आइतमान तामाङले नगरपालिकामा संचालित एसईई (माध्यमिक शिक्षा परीक्षा) २०८१ को परीक्षा केन्द्रहरूको निरीक्षण गर्नुभएको छ । नगर सचिबालयका मानकाजी पाख्रीनका अनुसार उँहाले परिक्षा सुरु हुन अघी बिद्यार्थीहरुलाइ मर्यादित र अनुशासित ढङ्गबाट परिक्षा दिन हुन अनुरोध समेत गर्नु भयो । निरीक्षणको क्रममा प्रमुख तामाङले परीक्षा सञ्चालनका व्यवस्थाहरूको अवलोकन गर्दै परीक्षार्थीहरूलाई आवश्यक सुविधा र सुरक्षाको सुनिश्चितता सम्बन्धी जानकारी लिनु भएको थियो।परीक्षा केन्द्रहरूमा परीक्षा निष्पक्ष, मर्यादित र शान्तिपूर्ण वातावरणमा सञ्चालन भइरहेको समेत बताउनु भयो। साथै परीक्षार्थीहरूलाई शान्त मनले परीक्षा दिन प्रेरित गर्नुहुँदै भन्नुभयोतपाईंहरू सबैले मेहनतपूर्वक...

भाटभटेनीको गाडी तस्करीको भेपसहित पक्राउ

ब्रेकिङ न्युज २, समाचार
  सिन्धुपाल्चोकका कुसान लामाले बोकेको २५करोड पक्राउ परेको भोलीपल्ट सिन्धुपाल्चोककै ना ६ ख ५४९६ नम्बरको ट्रक र चालक प्रवीण खत्रीलाई अस्थायी प्रहरी चौकी खोर्सानीबारीबाट प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यलयले जनाएको छ ।गाडीबाट ५५ वटा ठुलो डब्बाबाट ५५० थान र ३८ वटा सानो डब्बाबाट १९० थान गरि ७४० थान भेप पक्राउ गरिएको इलाका प्रहरी कार्यालय , बाह्रबिसेका प्रहरी निरीक्षक सुमेश पाण्डेले जानकारी दिनु भयो । पक्राउ गरिएको भेपको अनुमानित मुल्य २२ लाख २० हजार रुपैयाँ रहेको छ ।बरामद भएका सामग्रीसहित चालक भोटेकोसी गाउँपालिका– २ का प्रवीण खत्री र ट्रक नियन्त्रणमा लिइ राजस्व कार्यालय हरिहर भवनमा पठाइएको सिन्धुपाल्चोक प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय बाह्रबिसे र सशस्त्र प्रहरी बल लामोसाँघुले बुधबार नियमित जाँचका क्रममा सिटमुनी लुकाइएका साना र ठूला आकारका भेपसहित अन्य सामग्री फेला...
मेलम्चीमा बजार अनुगमन, ५१ हजार २ सय १५ बराबरको सामान जफत

मेलम्चीमा बजार अनुगमन, ५१ हजार २ सय १५ बराबरको सामान जफत

ब्रेकिङ न्युज २, समाचार
 मेलम्ची बजारमा बजार अनुगमन गरिएको छ । उद्योग तथा वाणिज्य कार्यालय सिन्धुपाल्चोकको नेतृत्वमा मेलम्चीको २५ वटा फर्मको अनुगमन गरिएको हो । बिहिवार उद्योग तथा वाणिज्य कार्यालय सिन्धुपाल्चोकका कार्यालय प्रमुख तथा निरिक्षण प्रमुख त्रिपुरारी वख्रेलको नेतृत्वमा भएको अनुगमनमा खाद्यान्न पसल, मेडिकल, डेरी, होटल लगायतका फर्ममा भेटिएका अखाद्य बस्तुहरू नष्ट गरिएको थियो । अनुगमनको क्रममा १ मेडिकललाई १० हजार जरिवाना गरिएको थियो । कागजपत्र नपुगेका कारण सो मेडिकललाई कारवाहि गरिएको कार्यालयका प्रमुख शिक्षक प्रविण कुमार बस्नेतले जानकारी दिनुभयो । बिहिवार गरिएको अनुगमनबाट ५१ हजार २ सय १५ बराबरको सामान जफत गरि नष्ट गरिएको थियो । अनुगमनमा खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, चौतारा अस्पताल प्रतिनिधि, जनप्रतिनिधि, प्रहरी लगायतको सहभागिता रहेको थियो ।...