सम्पर्क

भाटभटेनीको गाडी तस्करीको भेपसहित पक्राउ

 

सिन्धुपाल्चोकका कुसान लामाले बोकेको २५करोड पक्राउ परेको भोलीपल्ट सिन्धुपाल्चोककै ना ६ ख ५४९६ नम्बरको ट्रक र चालक प्रवीण खत्रीलाई अस्थायी प्रहरी चौकी खोर्सानीबारीबाट प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यलयले जनाएको छ ।गाडीबाट ५५ वटा ठुलो डब्बाबाट ५५० थान र ३८ वटा सानो डब्बाबाट १९० थान गरि ७४० थान भेप पक्राउ गरिएको इलाका प्रहरी कार्यालय , बाह्रबिसेका प्रहरी निरीक्षक सुमेश पाण्डेले जानकारी दिनु भयो । पक्राउ गरिएको भेपको अनुमानित मुल्य २२ लाख २० हजार रुपैयाँ रहेको छ ।बरामद भएका सामग्रीसहित चालक भोटेकोसी गाउँपालिका– २ का प्रवीण खत्री र ट्रक नियन्त्रणमा लिइ राजस्व कार्यालय हरिहर भवनमा पठाइएको सिन्धुपाल्चोक प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय बाह्रबिसे र सशस्त्र प्रहरी बल लामोसाँघुले बुधबार नियमित जाँचका क्रममा सिटमुनी लुकाइएका साना र ठूला आकारका भेपसहित अन्य सामग्री फेला पारेका हुन्। उक्त ािमान भाटभटेनी सुपर मार्केटको भएको जानकारी प्राप्त भएको छ ।