सम्पर्क

मेलम्चीे विकासमा प्रदेश सरकार सकारात्मक रुपमा लाग्ने मुख्य मन्त्रीको प्रतिबद्धता

बागमती प्रदेशका मुख्य मन्त्री माननीय बहादुर सिंह लामाले बाढिले क्षतिग्रस्त मेलम्ची क्षेत्रको विकासमा प्रदेश सरकार सकारात्मक रुपमा लाग्ने बताउनु भएको छ ।

मेलम्ची नगरपालिकाद्वारा बिहिवार आयोजित विकास र विपद सम्बन्धि अन्तरक्रिया कार्यक्रममा बोल्दै लामाले मेलम्चीको विकासमा कुनै कञ्जुस्याई नगर्ने बताउनु भएको हो । मुख्य मन्त्री लामाले बिशेष गरी सिन्धुपाल्चोक जिल्लामा हरेक प्रकारको बिपद आइरहेको छ अब देखी सिन्धुपाल्चोक लगाएत कही पनी बुनै प्रकारको बिपद नआओस भन्ने कामना गरौ र बिपद परेको ठाँउमा बिग्रीइको संरचनालाइ पुर्बवत स्थितीमा ल्याउँन बागमती प्रदेस सरकार लागी पर्ने बताउँनु भयो ।

कार्यक्रममा नेपाली कांग्रेसका बागमती प्रदेश सभापति माननीय इन्द्रबहादुर बानियाँ र प्रदेश सरकारका आर्थिक मामिला मन्त्री माननीय कुन्दनराज काफ्लेले यहाँको विकास अपरिहार्य रहेको बताउनुभयो । कार्यक्रमका सभापति नगरप्रमुख आइतमान तामाङले नगरको समग्र विकासका लागि सहयोग गर्न मुख्य मन्त्री र मन्त्रीहरुलाई आग्रह गर्नुभएको थियो । नेपाली कांग्रेस, बागमती प्रदेस संसदीय दलको बैठकमा मेलम्ची –३, स्थित प्रकृति रिसोर्ट जाने क्रममा नगरपालिका पुग्नु भएका मुख्य मन्त्री , मन्त्री र प्रदेशसभा सदस्यहरुसँग नगरले अन्तरक्रिया कार्यक्रम आयोजना गरेको थियो ।उक्त कार्यक्रमको लागि प्रदेश सभा सदस्य माननीय कृष्ण कुमार तामाङले समन्वय गर्नु भएको थियो ।