सिन्धुपाल्चोक जिल्ला चौतारा साँगाचोकगढी नगरपालिका ५ मा रहेको श्री कृष्ण रत्न गंगा मा. वि.को बिद्यालय ब्यवस्थापन समिती को अध्यक्षमा इश्वरी प्रसाद श्रेष्ठ चयन हुनु भएको छ ।
श्री कृष्ण रत्न गंगा मा. वि चौताराको सदरमुकाम चौतारामा रहेको जेठो विद्यालय श्रीकृष्ण रत्नगंगा माध्यमिक विद्यालयमा शनिबार सम्पन्न निर्वाचनमा दुई प्यानल र दुई स्वतन्त्र उम्मेदवारहरुले सहभागी भएकामा एक प्यानल र स्वतन्त्र उम्मेदवारहरु पराजित भएका छन् भने अर्को पक्षको सम्पूर्ण प्यानल नै विजयी भएको छ । नेपाली काँग्रेस र नेकपा एमालेको तर्फबाट बनाइएको संयुक्त प्यानललाई माओवादी–समाजबादी प्यानलले हराएको हो ।माओवादीको तर्फबाट ईश्वरीप्रसाद श्रेष्ठको नेतृत्वमा चुनाव लडेको प्यानलले विव्यसको सम्पूर्ण पदमा विजय प्राप्त गरेको थियो ।
विजयी ईश्वरीप्रसाद श्रेष्ठले ३ सय ५८ मत, राजन बुढाथोकीले ३ सय ९६ मत, लक्ष्मी श्रेष्ठले ३ सय ८२ मत र निर्मला श्रेष्ठले ३ सय ८२ मत पाउँदा अर्का उम्मेदवार निमेष श्रेष्ठले ३ सय २२ मत, निमा ग्याल्जेन लामाले २ सय ७७ मत, विन्दा गिरी पुरीले ३ सय २४ मत र लजिता श्रेष्ठले ३ सय ३९ मत पाउँनु भएको थियो । यस्तै स्वतन्त्र उम्मेदवार संसार श्रेष्ठले ६० मत र रविन श्रेष्ठले ४५ मत पाउँनु भएको थिायो ।१ हजार ३ सय ८९ मतदातामध्ये ८ सय ६४ जना अभिभावकले मतदानमा सहभागी भएर मतदान गर्नुभएको थियो ।
निर्बाचीत सदस्उहरुको बैठकबाट अध्यक्ष– इश्वरीप्रसाद श्रेष्ठ,सदस्यहरुमा राजन बुढाथोकी,लक्ष्मी श्रेष्ठ , निर्मला श्रेष्ठ रहनु भएको छ धने सल्लाहकार हरुम संयोजक –श्यामकृष्ण श्रेष्ठ र सदस्यहरुमा ग्याल्बो तामाङ , मिना नेपाल रहनु भएको छ ।