सम्पर्क

मेलम्चीमा बजार अनुगमन, ५१ हजार २ सय १५ बराबरको सामान जफत

 मेलम्ची बजारमा बजार अनुगमन गरिएको छ । उद्योग तथा वाणिज्य कार्यालय सिन्धुपाल्चोकको नेतृत्वमा मेलम्चीको २५ वटा फर्मको अनुगमन गरिएको हो ।
बिहिवार उद्योग तथा वाणिज्य कार्यालय सिन्धुपाल्चोकका कार्यालय प्रमुख तथा निरिक्षण प्रमुख त्रिपुरारी वख्रेलको नेतृत्वमा भएको अनुगमनमा खाद्यान्न पसल, मेडिकल, डेरी, होटल लगायतका फर्ममा भेटिएका अखाद्य बस्तुहरू नष्ट गरिएको थियो । अनुगमनको क्रममा १ मेडिकललाई १० हजार जरिवाना गरिएको थियो । कागजपत्र नपुगेका कारण सो मेडिकललाई कारवाहि गरिएको कार्यालयका प्रमुख शिक्षक प्रविण कुमार बस्नेतले जानकारी दिनुभयो ।
बिहिवार गरिएको अनुगमनबाट ५१ हजार २ सय १५ बराबरको सामान जफत गरि नष्ट गरिएको थियो । अनुगमनमा खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, चौतारा अस्पताल प्रतिनिधि, जनप्रतिनिधि, प्रहरी लगायतको सहभागिता रहेको थियो ।