सम्पर्क

नगरप्रमुख तामाङद्वारा एसईई माध्यमिक शिक्षा परीक्षा केन्द्रहरूको निरीक्षण

 

विहिबार देखि देसै भर एसईई (माध्यमिक शिक्षा परीक्षा सुरु भएको छ । सिन्धुपाल्चोक जिल्लामा पनी परिक्षा सुरु भएको छ । यसै सिलसिलामा मेलम्ची नगरप्रमुख आइतमान तामाङले नगरपालिकामा संचालित एसईई (माध्यमिक शिक्षा परीक्षा) २०८१ को परीक्षा केन्द्रहरूको निरीक्षण गर्नुभएको छ ।

नगर सचिबालयका मानकाजी पाख्रीनका अनुसार उँहाले परिक्षा सुरु हुन अघी बिद्यार्थीहरुलाइ मर्यादित र अनुशासित ढङ्गबाट परिक्षा दिन हुन अनुरोध समेत गर्नु भयो । निरीक्षणको क्रममा प्रमुख तामाङले परीक्षा सञ्चालनका व्यवस्थाहरूको अवलोकन गर्दै परीक्षार्थीहरूलाई आवश्यक सुविधा र सुरक्षाको सुनिश्चितता सम्बन्धी जानकारी लिनु भएको थियो।परीक्षा केन्द्रहरूमा परीक्षा निष्पक्ष, मर्यादित र शान्तिपूर्ण वातावरणमा सञ्चालन भइरहेको समेत बताउनु भयो। साथै परीक्षार्थीहरूलाई शान्त मनले परीक्षा दिन प्रेरित गर्नुहुँदै भन्नुभयोतपाईंहरू सबैले मेहनतपूर्वक अध्ययन गर्न र आत्मविश्वासका साथ परीक्षा दिन आग्रह गर्दछु सफलताले तपँइहरुलाइ पर्खीरहेको छ ।

साथै, परीक्षा केन्द्रका केन्द्राध्यक्ष, निरीक्षक, शिक्षक, सुरक्षाकर्मी, तथा सम्पूर्ण व्यवस्थापन टोलीलाई परीक्षालाई मर्यादित र निष्पक्ष रूपमा सम्पन्न गराउनेतर्फ ध्यान दिन आग्रह गर्नुभयो। नगरपालिका प्रशासनले परीक्षार्थीहरूको सुविधा र परीक्षा व्यवस्थापनलाई अझ प्रभावकारी बनाउन निरन्तर सहकार्य गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नु भयो ।निरीक्षणमा उपप्रमुख उमा प्रधान, प्रमुख प्रशासकीय अधिकृत निमेष मिश्र र शिक्षा अधिकृतसुदिनराज बुढाथोकी सहित सग्लग्न ुहनु भएको थियो ।