सम्पर्क

वित्तिय शिक्षा तथा व्यवसायीक साक्षरता कार्यक्रम इर्खुमा

   नामलाई होइन कामलाई बिश्वास गर्ने र वास्तविक कृषकको हातमा कृषि कार्यक्रम पुर्याउँने योजनाका साथ चौतारा साँगाचोकगढी नगरपालिका लागी परेको प्रमुख प्रशासकीय अधिकृत बैकुण्ठ सापकोटाले बताउँनु भएको छ ।
यहाँले सहकारी धेरै प्रकारका छन्, बचत कृषी, बहुउद्धेश्यीय सबै खाले आ–आफ्ना उद्धेश्य अनुसार काम गरिरहेका सहकारीहरु छन्, त्यसमध्य पनि नेत्रज्योती कृषी सहकारी संस्थाको आफ्नै महत्व छ, भन्नुहुँदै कृषी उत्पादनमा जोड दिएर उत्पादनमुखी काम गर्न प्रोत्साहन दिने सहकारीलाई पहिलो प्राथमिकतामा राखेर सहयोग गरिरहेको बताउँनु भयो ।
उहाँले चौतारा साँगाचोकगढी नगरपालिका पडा नं. ८ मा नेत्रज्योत्ी कृषी सहकारी संस्थाद्धारा आयोजित बित्तीय साक्षरता कार्यक्रममा सहभागीहरुलाई सम्बोधन गर्दै यस्तो बताउँनु भएको हो । उहाँले नगरपालिकाले साधरणसभा नियमित नगर्ने स्थानाीय स्तरमा काम नगर्ने कागजपत्र मात्र बनाएर अनुदान लिने मात्र काम गर्न सहकारी संस्थाहरु खरेजी गर्दे क्रियासिल सहकारी संस्थाहरुलाई प्रोत्साहन गर्ने त्यसमा पनि कृषि सहकारीहरुलाई प्राथमिकतामा राखेर काम गर्ने बताउनुभयो ।
उहाँले नाम मात्र कृषी उत्पादनमा नगरपालिकाले उत्पादनमा आधारित अनुदान दिएको र बैङ्क व्याजमा समेत अनुदान दिएको बिभिन्न औवारहरुमा अनुदान दिएको बताउँदै उत्पादनमुलक काम गर्न र बजार नपाए लागत मुल्यमा नगरपालिकाले खरिद गरिदिने बताउँनु हुँँदै उत्पादनमुखी काममा लाग्ने सबैलाइ आग्रह गर्नुभयो । कृषकहरुले बाख्रापाल्न, भैसीपाल्न तरकारी खेती गर्न जे काम गरे पनि उत्पादन हुने काम गर्न पर्छ त्यसका लागी नगरपालिकाबाट गर्न सक्ने हरेक सहयोग गर्ने बताउँनु भयो ।
उहाँले नगरपालिका भित्रका कृषकहरुको लागि नगरपालिकाले विभिन्न सेवा सूविधा प्रदान गर्दै आएको बताउनुभयो । गाउँमा बसेर सक्रिय रुपमा रहेको खेतिपाती तथा पशुपालन गरिरहेको कृषकहरुलाई नगरपालिकाबाट गर्न सक्ने सहयोग सधै गरिरहने बताउनुभयो ।
नगरपालिकाले विगतका दिनहरुमा पनि कृषकको लागि कृषि तथा पशुपालनमा लगानी गरेको ऋणको व्याजसमेत तिरेको कुरा उल्लेख गर्नुभयो । आगमी दिनहरुमा पनि कृषकको लागि सहजिकरण गरिरहने प्रतिबद्धता व्यक्त गर्नुभयो वडाको वडा अध्यक्ष अमृत बहादुर दंगालले क्रमागत रूपमा कृषकहरूको आवश्यकता र समस्याहरूलाई तरकारी फलफूल उत्पादन गर्न कृषकहरूलाई टनेला वितरण गर्ने बताउनु हुँदै उत्पादन मुखी कामका लागी आफुहरु सँधै कृषकाके साथमा रहने बताउँनु भयो । उँहाले समयवधि छोटो भएतापनि जनताको हक हितको लागि सधै तयार रहने बताउँनु भयो । इर्खुका सम्पूर्ण कृषकहरूलाई बाख्रापालन, भैसीपालन, गाईपालन. र फलफूल जस्ता सबै व्यवसायीक कार्य गर्न सहयोग र व्यवस्थापन गर्दै आएको बताउँनु हुँदै कृषिमा गरेको लगानी खेर जान दिन नहुने बताउँनु भयो । उहाँले कृषी उत्पादन लगाएत हरेक कामका लागी आफु सँधै जनताको साथमा लागी पर्ने बताउँन हुँदै कृषी बिकास बैङ्कले कृषी उत्पादनमा सहुलियत कर्जा दिएर यस वडाबासीको आय–आर्जनमा सहयोग गर्ने बतावरण मिलाइ दिएकोमा बैङ्कलाई बिशेष धन्यबाद दिनुभयो । दंगालले आफ्नो वडाभित्रका कृषहरुको लागि जे जस्तो सहयोग गर्न परेपनि पछि नहट्ने बताउनुभयो । वडाले कृषि र पशुपालनलाई नै पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको र आगमी दिनहरुमा पनि पछि नहट्ने बताउनुभयो । नेत्रज्योती कृषी सहकारी संस्थाका व्यवस्थापक नेत्र बहादुर बस्नेतले कृषी बिकास बैङ्कले यसरी गाउँगाउँँमा आएर खाता खोली कृषी उत्पादनमा सहयोग गरेको स्थानीय सरकारले पनी सहयोग गरेको अबस्थामा पनि उत्पादनमुखी काम नगरे कहिले गर्ने भन्दै यसका लागी सहकारी संस्थाले सहजीकरण गरिरहेको बताउँनु भयो । कृषिको समाबेशी रुपान्तरणको लागि मुल्यशृङ्खला ( ख्क्ष्त्ब) कार्यक्रम अन्तरगत कृषकलाई निश्चीत व्याजमा व्यवसाय कर्जा उपलब्ध गराउँनका लागी कृषि विकास बैकद्वारा वित्तिय शिक्षा तथा व्यवसायीक साक्षरता कार्यक्रम गरेको छ । कृषि विकास बैक चौतारा शाखाको आयोजना र नेत्रज्योती कृषि सहकारी संस्थाको सहकार्यमा चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. ८ इर्खु जाईका सभाहल एक कार्यक्रमका साथ वित्तीय साक्षरता कार्यक्रम सफलतापुर्वक सम्पन्न गरेको हो ।
नेत्रज्योती कृषि सहकारी संस्थाको अध्यक्ष कृष्ण बहादुर नेपालको सभापतित्वमा भएको कृषि विकास बैक तथा कृषिको समाबेशी रुपान्तरणको लागि मुल्य शृङ्खला ( ख्क्ष्त्ब) कार्यक्रमका अनिशा महर्जन, कृषि विकास बैकका मुना श्रेष्ठ, नारायण श्रेष्ठलगायतले स्थानीय कृषकको बैङ्क खाता सञ्चालनको लागि फारम समेत भरिएको थियो । नेत्रज्योती कृषि सहकारीका व्यवस्थापक नेत्र बहादुर बस्नेतले संञ्चालन गर्नुभएको कार्यक्रम पौषदेखी सुरु भएको र कार्यक्रमको अन्तिममा कृषकहरुले कर्जाका लागी खाता खोल्ने काम भएका थियो ।