सम्पर्क

डडुवा बचत तथा ऋण सहकारीको १६औं साधरणसभा सम्पन्न

सिन्धुपाल्चोक जिल्ला चौतारा साँगाचोकगढी नगरपालिका वढा नं. १४ मा रहेको डडुवा बचत तथा ऋण सहकारी संस्थाले आफ्नो १६औ बार्षीक साधारणसभा एक समारोहका बिच शनिबार सम्पन्न गरेको छ ।
चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. १४ का वडा अध्यक्ष उद्धब नेपालको प्रमुख अतिथ्यतामा र पुर्ब वडा अध्यक्ष तथा जनमिलन बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष शेर बहादुर श्रेष्ठ र डडुवा भवानी शङ्कर माध्यमिक बिद्यालयका प्रअ तथा जनहित दुग्ध उत्लादक सहकारी संस्थाका अध्यक्ष बद्री प्रसाद नेपाल लगाएत शेयर सदस्यहरको उपस्थितमिा भएको कार्यक्रमको उद्घघाटन गर्दै प्रमुख अतिथी वडाअध्यक्ष उद्धब नेपालले सहकारीताको माध्ययमबाट गरिएको कामहरका बारेमा प्रशंसा गर्दै सहकारी ऐन अनुसार सहकारीको निती सिद्धान्तमा रहेर काम गर्नुपर्नेमा जोड दिनुभयो । आ.व.२०७९/०८० मा रु.७९ लाख ९७ हजार १ सय ५० रुपैयाँ ४५ पैसा कुल आम्दानी गरेकोमा आ.व. २०८०/०८१ को अन्त्यमा आइपुग्दा रु. ६१ लाख७९ हजार ७ सय ४ रुपैयाँ ५५ पैसा आम्दानी गरेको उक्त संस्थाले आ.व.२०८०/०८१ मा वचतमा व्याज, कर्मचारी खर्च, सञ्चालन खर्च, ह्रासकट्टी खर्च, कर्जा जोखिमको व्यवस्था तथा अन्य संचालन खर्च साथै कर्मचारीकोवोनस व्यवस्था पछिको जम्मा रु.६७ लाख ५९ हजार ९ सय १३ रुपैयाँ ६६ पैसा कुल खर्चभएको प्रतिबेदन सार्बजनीक गर्दे सस्थाका अध्यक्ष केशब नेपालले संस्था संचालनको लागि प्रत्यक्ष तथा परोक्ष रूपमा सहयोग गर्नुहुने सम्पूर्णकमा हार्दिक कृतज्ञता प्रकट गर्दै यहाँहरूबाट प्राप्त सहयोग, सल्लाह र सुझाव प्रति हार्दिक आभार प्रकट गर्नुभयो । संस्थाका सचिब भेष बहादुर नेपालले संचालन गर्नुभएको कार्यक्रममा शेर बहादुर श्रेष्ठ, बद्री प्रसाद नेपाल, नेत्र बहादुर बस्नेत लगाएतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।