सम्पर्क

घरेलु तथा साना उद्योग महासघं सिन्धुपाल्चोकको अधिबेशन सम्पन्न

नेपाल घरेलु तथा साना उद्योग महासघं सिन्धुपाल्चोकको चौथो जिल्ला अधिबेसन सुकुटेमा सम्पन्न भएको छ । नेपाली काँग्रेस सिन्धुपाल्चोकका सभापती जङ्ग बहादुर लामाको प्रमुख अतिथ्यतामा र नेपाल बार एशोसियशन जिल्ला अदालत सिन्धुपाल्चोकका अध्यक्ष भुपेन्द्र बहादुर थिङ्गको बिशेष अतिथ्यतामा आइतबार जिल्ला अध्यक्ष उषा तामाङ्गको सभापतित्वमा भएको जिल्ला उद्यमी भेला तथा महीला भेला एवम चौथो जिल्ला अधिबेशनले सहदेब तामाङ्ग जुगलको अध्यक्षतामा नयाँ कार्यसमिती निर्बाचित गरेको छ ।

यसै गरी कार्य समितीको बरिष्ठ उपाध्यक्षमा विवेक पौडेल हेलम्बु,उपाध्यक्षमा भिम बहादुर श्रेष्ठ चौतारा, महासचिबमा ल्हाक्पा शेर्पा भोटेकोसी ,कोषाध्यक्षमा सञ्चमाँया तामाङ्ग मेलम्ची,सचिबमा छबीलाल भट्टराइ त्रिपुरासुन्दरी र सदस्यहरुमा टङ्कलाल श्रेष्ठ सुनकोसी,हिरामाँया श्रेष्ठ बाह्रबिसे ,रती माँया मगर इन्द्रावती,शेर बहादुर सिवाकोटी बलेफीलाइ निर्बरोध निर्बचित गरेको छ ।

यसै गरी जिल्ला महीला समितीको अध्यक्षमा अम्बीका आचार्य इन्द्रावती,उपाध्यक्षमा सिता थामी त्रिपुरा सुन्दरी,सचिब करिष्मा माझी मेलम्ची,र सदस्यमा स्वस्थानी माझी बलेफी लगाएतको समुह निर्बाचित हुनु भएको छ । भेला तथा अधिबेशनको उद्धघाटन गर्दे प्रमुख अतिथी जङ्ग बहादुर लामाले देसको आयश्रोतको मुख्य स्थान ओगटेको उद्योगी व्यवसायी उद्यमीहरुको लागी सरकारले गर्न पर्ने सहयोगमा कमी भएको बताउँनु हुँदै अझ भन्ने हो भने साना उद्योमीहरुका लागी बिशेष प्रोत्साहनका साथ सरकारले सहयोग गर्न पर्ने बताउँनु भयो ।

उँहाले स्थानीय स्तरमा रोजगारको व्यवस्था गर्ने यस्ता साना उद्योमीहरुले स्थानीय सरकार तथा जिल्ला स्थित उद्योग बाणीज्य तथा घरेलु कार्यलयामा समेत दर्ता गरि नबीकरण गरिरहने ब्यवस्था हुँदा दोहोरो मारमा पर्ने भएकाले समस्या उत्पन्न भएको आफुले पाएकाले यसलाइ एकठाउँमा दर्ता भए पछी अर्काे ठाँउमा दर्ता गर्न नपर्ने ब्यवस्था मिलाएर स्थानीय सरकारले यस्ता साना उद्योमीहरुलाइ बिशेष प्राथमीकतामा राखेर सहयोग गर्न पर्ने बताउँनु भयो । कार्यक्रमका बिशेष अतिथी नेपाल बार एशासियशन सिन्धुपाल्चोकका अध्यक्ष भुपेन्द्र बहादर थिङ्गले उद्योमीहरु महङ्गीका कारण उत्पादनमा समस्यामा परेका छन भने उत्पादित सामाग्रीले पनी बजार नपाएको अबस्था छ यसका लागी स्थानीय सरकारको ध्यान जान पर्छ भन्नु भयो ।

कार्यक्रममा चौतारा साँगाचोकगढी नगरपालिका वडा नं ९का वडा अध्यक्ष बिमल श्रेष्ठ,जुगल गाँउपालिका वडा नं ६का वडा अध्यक्ष टङ्क तामाङ,जुगलकै वडा नं ७का वडा अध्यक्ष रबी थिङ्ग लगाएतले शुभकानमाना मन्तब्य राख्नु भएको थियो ।