सिन्धुपाल्चोक जिल्लाको सदर मुकाम चौतारामा अख्तियार दुरुपयोग अनुशन्धान आयोगको भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवद्र्धन सम्बन्धी जिल्ला स्तरीय अन्तरक्रिया÷गोष्ठी कार्यक्रम भएको छ ।जिल्ला समन्वय समिति सिन्धुपाल्चोकका प्रमुख बालकृष्ण श्रेष्ठको प्रमुख आतिथ्यतामा जिल्ला स्थित १२वटै पालिकाका प्रमुख उप प्रमुख, प्रमुख प्रशासकीय अधिकृत, लेखा प्रमुख योजना प्रमुख हरु जिल्ला स्थित सरकारी कार्यलयका प्रमुख हरु बिच उक्त अन्तरक्रिया कार्यक्रम भएको हो ।

कार्यक्रममा सहभागीहरुले अख्तियार दुरुपयोग अनुशन्धान आयोगको काम कार्यहरुका बारेमा जानकारी लिनुका साथै आयोगको भुमिकाका बारेमा समेत जानकारी लिएका थिए । कार्यक्रमका प्रमुख अतिथी जिल्ला सम्मन्वय समितीका प्रमुख बालकृष्ण श्रेष्ठले सिन्धुपाल्चोक जिल्लामा आएर अख्तियार दुरुपयोग अनुशन्धान आयोगले जिल्ला स्थित जिम्मेवार निकाय जिल्ला सम्मन्वय समितीका पदाधिकारीतथा कर्मचारीहरु नगरपालिकाका प्रमुख तथा उपप्रमुख एवम कर्मचारीहरु गाँउपालिकाका अध्यक्ष, उपाध्यक्ष एवम कर्मचारी हरु लाइ भेला गराएर भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवद्र्धन सम्बन्धी जिल्ला स्तरीय अन्तरक्रिया ÷गोष्ठी कार्यक्रम गरी धेरै बिषयमा जानकारी दिएकोमा बिशेष धन्यबाद दिनु हुँदै नाम अनुसार काम गरेर सबैको बिश्वासिलो रहेको अख्तियार दुरुपयोग अनुशन्धान आयोग प्रती स्थानीय नागरिकहरुमा अझ बढी बिश्वासिलो बन्दै गएको आफुले पाएको बताउँनु भयो ।

सहभागीहरुले उठाएको जिज्ञासामा अख्तियार दुरुपयोग अनुशन्धान आयोगकका आयुक्त जयबहादुरचन्दले आयोगले साना ठुला भन्दैन आयोगमा उजुरी परे पछी उजुरी दर्ता गर्छ आयोगको उजुरीमा नेपाल सरकारले उजुरी कार्यन्वयनका लागी समिती बनाएको हुन्छ त्यही समितीको निर्णय अनुसार छानबिनको प्रकृया अगाडी बढ्ने हुँदा यसमा सानो ठुलो नहुने बताउँनु भयो । उँहाले स्थानीय सरकार अधिकार सम्पन्न सरकार भएकाले स्थानीय बिकासमा पारदर्सीताका खाँचो हुन्छ यसमा आआफ्नो अधिकारको सदुपयोग गरेर काम गर्न पर्छ भन्नु हँदै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको काम कर्तव्य र अधिकारका बारेमा जानकारी गराउँनु भएको थियो ।कार्यक्रममा प्रमुख जिल्लाअधिकारी किरण थापा, चौतारासाँगचोकगढी नगरपालिकाका प्रमुख कृष्ण प्रसाद सापकोटा लगाएतले आआफ्नो धारणा राख्नु भएको थियो ।
