दर्शन सुनार/लोकप्रिय दैनिक कतार
कतारमा रहेका पाल्पालीहरुको साझाँ संस्था पाल्पाली सेवा समाज कतारले गृह जिल्लाका एक पिडितलाई आर्थिक रकम सहयोग गरेको छ । बिगत लामो समय देखि कलेजो र फोक्सोमा समस्या देखिएर बिमारी परेका पाल्पा जिल्ला रामपुर नगरपालिका वडा न ७ निवासी बर्ष ३८ का फणेश्वर गौतमलाई (२५५०५) रुपैयाँ आर्थिक रकम सहयोग गरेको हो । बिगत दश महिना देखि फोक्सो र कलेजोमा समस्या देखा परेर बिरामी परेका गौतमको आर्थिक अवस्था निकै कमजोर रहेको र उपचारको क्रममा आफू सगं भएको रकम खर्च भईसकेको र थप उपचारका लागी समस्या परेको बताउदै गौतमकी श्रीमती दिपा पाठक गौतमले पाल्पाली सेवा समाजसँग आफ्नो श्रीमानको थप उपचारको लागी आर्थिक रकम सहयोग जुटाईदिएर श्रीमानको ज्यान बचाइँदिन अपिल सहित अनुरोध गर्नु भएको थियो ।
सेवा समाजले कतारलाई कर्मथलो बनाईरहेका पाल्पालीहरु बिच सहयोग अभियान सञ्चालन गरी रकम सकंलन गरेर बिरामीको शिघ्र स्वास्थ लाभको कामना गर्दै गौतमकी श्रीमती दिपा पाठक गौतमको खातामा रकम पठाईसकेको समाजका महासचिव माधव भण्डारीले लोकप्रिय दैनिकलाई जानकारी दिनु भयो । गौतम हाल काठमाडौको वीर हस्पिटलमा उपचार गराईरहेका छन् । फोक्सोमा पानी जमेको कारणले एक पटक अप्रेसन गर्नु पर्ने भएको र अप्रेसनको लागी थप रकम जुटाउन र पुर्वतयारीमा रहन चिकित्सकहरुको भनाई रहेको छ ।
पिडितका एक श्रीमती दुई छोरी र एक छोरा छन् । पारिवारिक र आर्थिक अवस्था निकै दयनिय भएको कारणले दैनिकी जिविकोपार्जन गर्न समेत अप्ठ्यारो परेको र श्रीमानको जीवनरक्षा गरिदिन गौतमको परिवारले देश तथा बिदेशमा रहेका आम नेपाली दाजुभाई तथा दिदी बहिनीहरुलाई आर्थिक रकम सहयोग गरिदिन आग्रह समेत गरेको छ । पिडित गौतमलाई सहयोग गरिदिनको लागी रामपुर नगरपालिकाले समेत अपिल गरेको छ ।
देश तथा बिदेशबाट सहयोग गर्न चाहने शुभेच्छुक तथा सहयोगी दाताहरुको लागी बिरामीको सम्पर्क नम्बर ९७६५४९४०२० मा सम्पर्क गरेर पिडितकी श्रीमती दिपा पाठक गौतमको राष्ट्रिय बाणिज्य बैकको खाता न ः३५१०१०००००१९५०१० मा रकम पठाउन सकिने ब्यवस्था मिलाईएको छ । “पाल्पाली सेवा समाजको प्रतिबद्धता,निस्वार्थ सेवा समाज आजको आवश्यकता“ भन्ने मुल नाराका साथ कतारमा सन २००७ मा स्थापित संस्थाले कतार तथा गृह जिल्ला पाल्पामा विभिन्न सामाजिक कार्यहरु गर्दै आईरहेको छ ।
