सम्पर्क

चौतारामा उद्योग तथा वाणिज्य सम्बन्धी अन्तरक्रिया कार्यक्रम

सिन्धुपाल्चोक जिल्लाको चौतारा साँगाचोकगढी नगरपालिकामा जिल्ला स्तरमा उद्योग तथा वाणिज्य सम्बन्धी अन्तरक्रिया कार्यक्रम भएको छ ।
जिल्ला स्थित सरोकारवालासँग भएको अन्तरक्रिया कार्यक्रम उद्योग तथा वाणिज्य भूमि तथा प्रशासन मन्त्रालयका मन्त्री सुकमाया तामाङको प्रमुख आतिथ्यतामा गरिएको हो । कार्यक्रममा उद्योग वाणिज्य भूमि तथा प्रशासन मन्त्री सुकमाया तामाङले कार्यक्रमको उद्धघाटन गर्दै यो आर्थिक वर्ष भरीमा २२ खर्ब उद्यमीहरुलाई कृषि मन्त्रालयबाट सस्तो व्याजमा ऋण दिने जानकारी गराउनु भयो । चौतारा साँगाचोकगढी नगरपालिका साना तथा मझौला व्यवसायिक उद्योग व्यवसाय सञ्चालन गर्ने व्यवसायिकहरूलाई मौलिक उत्पादन गरिएको सामानको बजारीकरण गर्नुपर्ने र प्रयोगमा जोड दिन आग्रह गर्नुभयो । उहाँले हस्तकला सिप कलाको प्रयोगबाट निर्मित सामनहरू एकले अर्काको किन्ने वातावरण सिर्जना गर्नुपर्ने बताउनु भयोे ।
कार्यक्रममा हामी आफैले उत्पादन गर्ने तर प्रयोग नगर्ने भएकोले त्यसको बजारीकरण गर्न समस्या भएकाले बजारको व्यवस्थापनमा ध्यान जान पर्ने बताउँनु भयो ।
उहाँले व्यवसाय सञ्चालन गर्दा दर्ता गर्नुपर्ने एकातर्फ तर कर तिर्नु पर्ने अर्कोतर्फ भएपछि समस्या सिर्जना भएको बताउनु हुदै सम्बन्धित मन्त्रालयमा यस विषय उठान गर्ने कुरा उहाँले बचनबद्धता दिनुभयो । आर्थिक रूपमा महिलाहरु सबल र सशक्त रहुन् भनी उद्योग दर्ता गर्नको लागी महिलालाई छुट रहेको बताउनु भएको छ । मन्त्री तामाङले भन्नुभयो अबको आर्थिक वर्षमा बास्तवमा माग के हो भनी उद्योग व्यवसाय सञ्चालन गर्नेहरू प्रति उहाँले भन्नुभयो । स्थानीय स्तरमा आधारित स्रोत र साधनबाट आत्मनिर्भर बन्ने हो र अन्य विदेशबाट आयत गरेर ल्याएको कच्चा पदार्थबाट व्यवसाय घाटा जाने बताउनु भयो ।
आगामी वर्षमा यस जिल्लामा चिनाउन सक्ने उद्योग व्यवसायहरूलाई अझै प्रोत्साहन र प्रबद्र्धनका लागी जिल्ला स्तरको सरोकारवालासँग अन्तरक्रिया कार्यक्रम आफु जोडिएको बताउनु भयो । कार्यक्रममा सिन्धुपाल्चोक जिल्लाको उद्योग तथा वाणिज्य कार्यालय प्रमुख त्रिपुरारी बख्रेलले कार्यक्रमको उद्धेश्यमाथि प्रकाश पार्दै सहभागिहरूमा उद्योग तथा वाणिज्य प्रशासन सम्बन्धि साझेदारी फर्म दस्तुर तथा जरिवाना, प्रविधि हस्तान्तरण र विद्यमान समस्याहरू बारे जानकारी दिनुभयो । उहाँले चालु आर्थिक वर्ष २०८१को हाल सम्म सम्पन्न भएको मुख्य कामहरूको बारेमा जानकारी गराउँनु भएको थियो । कार्यक्रममा चौतारा साँगाचोकगढी नगरपालिकाका उपप्रमुख सीता थापाले नगरमा उत्पादन भएका हरेक बस्तु बिक्री नभएमा नगरपालिकाले खरिद गरि उत्पादकहरुलाई प्रोत्साहन गर्ने योजना रहेकोले उत्पादनका लागी सबै लागी पर्नुपर्ने बताउँनु भयो । उहाँले बजारीकरणको समस्या हो तर यो समस्या समाधान गर्न हामी सबै लागी पर्नु पर्ने बताँउँदै नगरले उत्पादित सामान खरिद गर्ने योजनामा बजार मुल्य भन्दा बढी लिन खोन्दा समस्या पर्ने बताउँनु भयो ।
नगरले स्थानीय उद्यमीहरुका समस्या समधान गर्न सँधै तैयार रहेको बताउँदै आगामी बर्ष चौतार नगरपालिकामा नमुना योग्य हुने गरी उत्पादनमुलक योजनमा बजेटको व्यवस्थापन गरिदिन अनुरोध गर्नुभयो ।
सिन्धुपाल्चोक जिल्ला उद्योग तथावाणिज्य संघका अध्यक्ष बुद्धराज बस्नेतले उत्पादन गरिएको सामानको बजारीकरण गर्नुपर्ने र उत्पादित सामानहरू कहाँ बिक्री वितरण गर्ने भन्ने बारेमा समस्यामा रहेको सिन्धुपाल्चोकका उद्यमीहरुलाई १००० कर बुझाउँन २००० खर्च गरेर धुलिखेल धाउँन पर्ने भएकाले कर कार्यलय र नापतौल विभाग सिन्धुपाल्चोक जिल्लामा पनि हुनुपर्ने बताउनु भयो ।
उहाँले युवा जनशक्ति विदेश पलायन भएको र गाउँघरमा वृद्धावस्थाहरू मात्र भएछि उद्योग व्यवसाय सञ्चालन गर्ने मानिसहरु नभएको बताउनु भयो । प्रमुख जिल्ला अधिकारी किरण थापाले समग्रमा सिन्धुपाल्चोक जिल्लामा उत्पादन मुखी र परिणाममुखी कार्य गरी आत्मानिर्भरताका लागी सबै लागी परेको भएता पनि समयमा आबश्यक व्यवस्थापन नहुँदा समस्या आइ परेको आफुले पाएको बताउँनु भयो । कार्यक्रममा चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. ५ वडा अध्यक्ष शिव श्रेष्ठले मौरीपालन, गलैंचा, सिलाई गुडिया बनाउने, बुटीङ तालिम सञ्चालन गरेको बताउनु भयो । उद्योग व्यवसाय सञ्चालन गर्ने व्यवसायिहरूको बजारीकरणको जिम्मा लिने र चौतारा साँगाचोकगढी नगरपालिकाको भिन्तुनाचोक देखि माथिको बजार व्यवसायिक बजार घोषणा गर्ने बताउनु भयो । कार्यक्रममा अन्तरक्रियाको क्रममा साना तथा मझौला व्यवसायिका प्रतिनिधी हरि कुमार श्रेष्ठ लगाएतले आ–आफ्नो जिज्ञासाहरु राख्नुभएको थियो भने उद्योमीहरुलाई साना तथा मझौला व्यवसायका प्रतिनिधीहरुले स्थानीय स्तरमा उत्पादीत समाग्रीहरु मन्त्री तामाङलाई माया चिनो स्वरुप प्रदान समेत गरिएको थियो । जिल्ला समन्वय समितीको सभाहल चौतारामा भएको कार्यक्रमको सञ्चालन भने उद्योग तथा वाणिज्य कार्यालय सिन्धुपाल्चोकका प्रमुख निरिक्षक प्रबीन कुमार बस्नेतले गर्नुभएको थियो ।