सम्पर्क

प्रगतिशील लेखक संघ सिन्धुपाल्चोकमा सरस्वती

प्रगतिशील लेखक संघ नेपाल सिन्धुपाल्चोकको सातौ जिल्ला अधिबेशनबाट सरस्वती अधिकारीको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको छ ।
जिल्ला सम्मेलन नेपाल पत्रकार महासंघको सभाहलमा बुधबार सम्पन्न भएको हो । प्रगतिशील लेखक संघ बागमती प्रदेशका स. इन्चार्ज डा. कृष्ण सुवेदीकोे प्रमुख आतिथ्यमा र प्रलेस बागमतीका अध्यक्ष डा. हरि प्रसाद सिलवालको विशेष आतिथ्यतामा सङ्घको आगामी तीनवर्षे कार्यकालका लागि नयाँ जिल्ला कार्यसमिति गठन गरिएको हो । सम्मेलनले कार्यसमितिको उपाध्यक्षमा हेमन प्रधान, सचिवमा शंकर पराजुली, सह–सचिवमा ज्ञानेन्द्र तिमल्सिना, कोषाध्यक्षमा दिपेन्द्र श्रेष्ठलाई चयन गरेको छ । यसैगरी सदस्यहरुमा शम्भु प्रसाद सुवेदी, संङ्गीता सुवेदी र फस बहादुर न्यौपाने चयन हुनुभएको छ । सम्मेलनले गंगा प्रसाद पौडेल, सुरेश कसजु, लक्ष्मण तिमल्सिना, यदुनाथ वसन्तपुरे र साधुराम नेपाल लगायतको सल्लाहकार समिति पनि गठन गरेको छ ।