भललाइ जल बनाउँने गिरीको उद्घोष
सिन्धुपाल्चोक जिल्ला चौतारा साँगाचोकगढी नगर पालिका वडा नं ११का वडा अध्यक्ष रोषन राज गिरीले आफुले नगरपालीका मा भललाइ जल बनाउँने लगाएतका बिभिन्न कार्यक्रम अगाडी सारेको बताउँनु भएको छ । उँहाले आफुले अबलम्बन गर्न चाहेका निति तथा कार्यक्रम ÷ वडाको लागि उपर्युक्त सल्लाह शुझावको अपेक्षा समेत राखेको बताउँदै आधुनिक मेसिन औजारको प्रयोग गरि ठुला ठुला पोखरी खनी प्लास्टिक पोखरी निर्माण गरि सिंचाइ सुबिधा उपलब्ध गराएर “भललाई जल“ बनाउने अभियान संचालन गर्ने बताउँनु भएको छ । यसै गरी बस्तीका माथिल्ला क्षेत्रमा परेको पानीलाई साना साना पोखरी ट्रेन्चहरु बनाई जमिनमा पठाउने कार्यलाई झरेली अभियान को रुपमा अघि बढाउँदै “जनशक्तिलाई जल शक्ति“ मा रुपान्तरण गर्ने योजना रहेको बताउँनु भयो । “झरेका पात र परेको पानी “ को सदुपयोग गर्ने अभियान संचालन गर्दै प्राराङगिक मल उत्पादन अभियान संचालन गर्ने ।डुम्रेबेशी,बन्देउटार र दोला...
