सम्पर्क

भललाइ जल बनाउँने गिरीको उद्घोष

सिन्धुपाल्चोक जिल्ला चौतारा साँगाचोकगढी नगर पालिका वडा नं ११का वडा अध्यक्ष रोषन राज गिरीले आफुले नगरपालीका मा भललाइ जल बनाउँने लगाएतका बिभिन्न कार्यक्रम अगाडी सारेको बताउँनु भएको छ । उँहाले आफुले अबलम्बन गर्न चाहेका निति तथा कार्यक्रम ÷ वडाको लागि उपर्युक्त सल्लाह शुझावको अपेक्षा समेत राखेको बताउँदै आधुनिक मेसिन औजारको प्रयोग गरि ठुला ठुला पोखरी खनी प्लास्टिक पोखरी निर्माण गरि सिंचाइ सुबिधा उपलब्ध गराएर “भललाई जल“ बनाउने अभियान संचालन गर्ने बताउँनु भएको छ । यसै गरी बस्तीका माथिल्ला क्षेत्रमा परेको पानीलाई साना साना पोखरी ट्रेन्चहरु बनाई जमिनमा पठाउने कार्यलाई झरेली अभियान को रुपमा अघि बढाउँदै “जनशक्तिलाई जल शक्ति“ मा रुपान्तरण गर्ने योजना रहेको बताउँनु भयो । “झरेका पात र परेको पानी “ को सदुपयोग गर्ने अभियान संचालन गर्दै प्राराङगिक मल उत्पादन अभियान संचालन गर्ने ।डुम्रेबेशी,बन्देउटार र दोलालघाट क्षेत्र को कित्ता नापी गराई “लालपुर्जा“ बितरण गर्ने। शैक्षिक गुणस्थर सुधार गर्न ज्ञ–द्द कि. मी दूरी भित्र रहेका विद्यार्थी सँख्या न्यून भएका , सहज सडक सुबिधा संग जोडिएका सेवा क्षेत्र बिचका विद्यालय एकआपसमा गाभिएर संचालन भएमा प्रोत्साहन स्वरुप स्कुल बस संचालन ÷विद्यार्थी को लागि “दिवा खाना÷ शिक्षक विद्यार्थी आवास“ र थप शिक्षक ब्यबस्था गर्न बार्षिक घण् लाख अनुदान प्रदान गरी उपयुक्त एक बिधालय नमूना को रुपमा संचालन गर्ने।सल्लाका रुख भएका बस्ती नजिकका बनलाई “कबुलियती बन बनाई फलफूल ÷डालेघाँस÷भूईघाँस“ रोपी आयआर्जनको स्रोतको रुपमा बिकास गर्ने। वनजन्य, फलफूल र तरकारी का बिरुवा उत्पादन गर्न “नर्सरी“ संचालन गर्ने । “माझी र माछा“लाई जोडने अभियान संचालन गर्न माछा पोखरी निर्माण गरि माझी समुदाय लाई माछा पालनमा अघि बढाउने । नदि किनारका बस्ती र वन क्षेत्रमा “रुख कटहर“ लगाउने कार्यलाई अभियान कै रुपमा अघि बढाउने । कृषि , पशुपालन ,,,,, बिक्रि ,प्रसोधन, प्याकेजिङ, भन्डारण तालिम सहित का कार्य गर्न नमूना एकीकृत “परिक्षेण ÷ प्रदर्शन “ केन्द्र बनाउने । “स्त्री चौपाया“ लाई नगर बाहिर बिक्री बितरण गर्न आगामी घ बर्ष सम्म प्रतिबन्ध लगाउने । किसानको उत्पादन स्थानीय जातको फर्सी,कुबिन्डो, तरुल, पिँडालु, सखरखन्डा, अदुवा, बेसार, लसुन प्याजको “बिक्री सुनिश्चित गरि उत्पादन वृद्धि गर्न उचित मुल्यमा खरिद गर्ने“। खेतबारी को वरिपरि उपयुक्त स्थान भएमा “खाडलहरु खनी“ बँदेलको बालिनालीमा प्रवेश रोक्न कोसिस गर्ने। निजि जग्गामा रहेका अनावश्यक रुख ब्यबथापन गर्दै बाँदरको बास स्थान÷ बाटो कम गर्दै बाँदर नियन्त्रण मा सहयोग पुग्ने गरि ती “काठ बाट गोल पोल्ने“ ब्यबस्था गरि मुलतः बिस्वकर्माहरु लाई स्वरोजगार बनाउने । बिस्वकर्माको आरण र नेपालीहरु को टेलरिङ्ग पेशा लाई यान्त्रिकरण गर्दै बजार, चोक र ठुला सडक आसपास अस्थायी (कारोबार) “उत्पादन र बिक्री“ स्थल ब्यबस्था गरि बजारीकरण मा समेत सहयोग गर्ने। बिपन्न र दलितका बालबच्चा लाई शैक्षिक ÷ आर्थिक उपार्जनमा मद्धत पुग्ने गरि “सक्षम ब्यक्ति ÷परिवारले (गोदलिने)अभिभावकत्व लिन“ अपिल गर्दै गरिब र बिपन्न उत्थान अभियान संचालन गर्ने। प्रत्येक महिनाको अन्तिम सनिवार “ज्ञ– द्द घन्टा श्रमदान (झरेली)“ गरि आ–आफ्नो बाटो घाटो , खोला खोल्सी , पुल पुलेशा कुलो पैनी, धारा कुवा, घर आँगन पाटी पौवा लगाएतका मर्मत सफाई रखरखाव गर्न आव्हान परिचालन गर्ने। बिपन्न उत्थान एबं व्यावसायिकरण अभियान अन्तर्गत प्रदान गर्ने स्त्री चौपाया घ–द्ध बर्ष भित्रमा सोही संख्यामा फिर्ता गर्नु पर्ने । बिउको लागि अनुदान प्राप्त चौपायाको स्वभाबिक मृत्यु पूर्ब नास÷ नोक्सान गरेमा “सार्बजनिक सेवामा अस्थायी रोक लगाई दन्डित र जवाफदेहि बनाउने “। राजस्व का दर घटाउने र दायरा बढाउने । एउटा गाउँ ÷टोलका प्रत्येक घरलाई अनिबार्य गरि विभिन्न आयआर्जन मुलक कार्य गर्न इच्छूक÷ संभावित ब्यक्तिहरु को समूह बिभाजन ÷निर्माण गरि आबस्यक सम्पूर्ण स्रोत साधन को ब्यबस्था गरि एउटा गाउँ लाई कृषि ,पशु÷ पन्छिपालन ÷कुटिर ÷घरेलु उधोग जस्ता कार्य मार्फत पूर्ण रुपमा आयआर्जन सँग जोडी नमूना गाउँ बनाउने योजना रहेको सामाजिक सञ्जाल मार्फत जानकारी गराउँनु भएको छ।