जिल्ला अस्पताल सिन्धुपाल्चोकले ‘फिजियोथेरापी’ सेवा पुनः सञ्चालनमा ल्याएको छ । चौतारा साँगाचोकगढी नगरपालिका प्रमुख कृष्ण प्रसाद सापकोटाले शुक्रबार एक समारोहकाबिच उद्घाटन गर्नु हो । केही समय रोकिएको सेवा चौतारा साँगाचोकगढी नगरपालिकाले उपकरण र जनशक्तिमा सहयोग गरेपछि सेवा पुनः सञ्चालनमा आएको छ । २०७२ सालदेखी २०७९ पौषसम्म ह्याण्डीक्याफ्ट इन्टरनेशनलको सहयोगमा सञ्चालनमा रहेको सेवा बिचमा रोकिएको थियो ।
चौता रा साँगाचोकगढी नगरपालिकाको सहयोगमा फिजियोथेरापिस्ट र आवश्यक उपकरण उपलब्ध भएपछि अस्पतालले सेवा प्रवाह पुनः सुचारु गर्न सफल भएको हो । उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अथिती तथा नगर प्रमुख सापकोटाले फिजियो थेरापीले आम जनताले थप स्वास्थ्य सेवा प्राप्त गर्ने बताउनुभयो । उहाँले सेवालाई संस्थागत गर्ने र निरन्तरताका लागि अस्पतालले व्यहोर्नुपर्ने जिम्मेवारीमा सहकार्य गर्न नगरपालिका तयार रहेको समेत बताउनुभयो । फिजियो थेरापी संगै सिंगो अस्पतालले दिने सेवामा पनि गुणस्तरमा बृद्धि गर्न अस्पताललाई आग्रह गर्नु हँदै “हामीहरुको चाहना भनेको समस्यामा परेका बिमारीहरुले समयमा नै सेवा लिन सकुन् भन्ने हो ।” यसको लागि अस्पतालको जनशक्तिको श्रम र परिश्रम साथै समय व्यवस्थापन महत्वपूर्ण हुन्छ । सेवामा लाग्दै गर्दा कर्मचारीको वैयक्तिक बिकास संगै संस्थागत बिकासमा टेवा पुग्ने बताउँनु भयो । नगर प्रमुख सपकोटाले प्रदेश सरकारको मापडण्डमा रहेर स्थानीय सरकारले निर्वाह गर्नुपर्ने दायित्व र जिम्मेवारीबाट नगरपालिका कतै पछि नहट्ने भनि सदैव साथसहयोग गर्न प्रतिबद्ध रहेको बताउँनु भयो । उहाँले चौतारा अस्पतालले सिङ्गो जिल्लाको मनोबैज्ञानिक र शारिरिक स्वास्थ समस्याहरु समाधान गर्नमा अग्रसर हुदै प्रभावकारी सेवा प्रवाहमा जुट्ट अस्पलालको सम्पूर्ण टिमलाई आग्रह गर्नु भयो ।
उहाँले फिजियो संगै आयुर्बेद सेवालाईपनि संगै जोडेर लैजान सके झनै प्रभावकारी हुने बताउँनु भयो । कार्यक्रममा अस्पतालका नि.मे.सु डा. रुद्रमणी भण्डारीले ढाड, कम्मर दुख्ने समस्या, हाडजोर्नी तथा नशासम्बन्धी समस्या, मेरुदण्ड, मांसपेशी, श्वासप्रश्वास, हाड भाचिँएपछिको समस्या भएका बिरामीका लागि फिजियोथेरापी सेवामार्फत हाडजोर्नी दुखेका, बिरामी अब जिल्ला बाहिर जानुपर्ने समस्या हट्ने बताउनुभयो ।
चौतारा साँगाचोकगढी नगरपालिका ५ का वडाअध्यक्ष शिव श्रेष्ठले विगतमा चौतारा अस्पतालले दिएको फिजियो थेरापी सेवा प्रभावकारी रहेको भन्दै आगमी दिनमा समेत यसको महत्वलाई समुदायस्तरसम्म पुर्याउन अस्पताललाई आग्रह गर्दै यसभन्दा अगाढी अस्पलातबाट डाक्टर अमरदिपकुमार शाह र अन्य कर्मचारीहरुबाट सेवाग्राहीले सन्तुष्ठ हुनेगरि सेवा लिन पाएको चर्चा गर्नुभयो ।
जनस्वास्थ्य कार्यालय चौताराका प्रमुख दुर्गा बजगाईलेथेरापी सेवा सञ्चालन भएपछि बिरामीको सहज उपचारमा सहयोग पुग्ने र सेवा सञ्चालन नहुँदा जिल्ला बाहिर अस्पतालमा जानुपर्ने बाध्यता समेत हट्ने बताउनुभयो ।
समुदाय स्तरमा रहेको बिमारीहरुलाई अस्पतालसम्म ल्याउने र सेवादिएपछि घरसम्म पुर्याउनको लागि विविध समस्याहरु आईरहेकोले उक्त समस्या पार लगाउन स्थानीय सरकारको भूमिका रहनुपर्ने भनि नगर प्रमुखको ध्यानकर्षण समेत गराउँनु भयो । चौतारा अस्पताल ंसंञ्चालक तथा व्यवस्थापन समितीका अध्यक्ष टंक बहादुर कार्कीको सभाध्यक्षमा भएको कार्यक्रममा चौतारा साँगाचोकगढी नगरपालिकाको प्रमुख कृष्ण प्रसाद सापकोटा, ५ नं. वडाका वडाध्यक्ष शिव श्रेष्ठ, जनस्वास्थ्य कार्यालयका प्रमुख दुर्गा बजगाई, अस्पतालका नि.मे.सु डा. रुद्रमणी भण्डारी, अस्पतालका कर्मचारी, पत्रकारलगायतको उपस्थिती रहेको थियो भने चौतारा अस्पतालका सुचना अधिकारी डाक्टर अमरदिपकुमार शाहले सञ्चालन गर्नुभ्एके थियो । सञ्चालन समितिका अध्यक्ष कार्कीले छिमेकी राष्ट्र चीनको सहयोगमा निर्मित सुविधा सम्पन्न भवनबाट छिट्टै नै सेवा दिनेगरि लागिपरेको बताउँनुभयो । स्मरण रहोस् चौतारा अस्पताल यसभन्दा अघिको न्यूनतम सेवा मापदण्डको मूल्याङ्कनमा देशभरीमै उत्कृष्ठ हुन सफल भएको थियो । चौतारा अस्पताल वागमती प्रदेश सरकार मातहत रहेको छ ।
