नेपाली कांग्रेसका केन्द्रीय सदस्य पूर्व सुचना तथा सञ्चार मन्त्री मोहन बहादुर बस्नेत ले भौतिक पुर्वाधार संगै गुणस्तरीय शिक्षामा ध्यान दिन आग्रह गर्नु भएको छ । उँहाले हेलम्बु गाउँपालिका–३ स्थित जयवागेश्वारी माविको ४ कोठे पक्की भवन उद्घाटन समारोहलाई सम्बोधन गर्दै यस्तो बताउँनु भएकोहो ।उँहाले जुनसुकै स्थानमा प्रतिस्पर्धामा सफल हुनेगरी विधार्थीलाई अध्यापन गराउन आग्रह गर्नुभयो ।उहाँले नेपाली काङ्रेसले हुने र सक्ने काम मात्र बोल्ने भन्दै बोलेको काम पूरा गर्ने बताउनुभयो
जँहा दुखी पिडीत छन त्यँहा नेपाली कांग्रेस पुग्ने बताउँनु हँदै जनताको दुख सुखमा साथ दिन सके मात्र राजनिती धर्म पुरा हुने बताउँनु भयो । नेता बस्नेतले जनताको दुःखको सारथि कांग्रेस भएका स्पष्ट पार्दै गाउँपालिका लगायत अन्य ठाउँबाट विद्यालयको समस्या समाधान गर्न सहयोग गर्ने बताउँनु भयो । उँहाले पाल्चोक मन्दिर, सडक खानेपानी , विद्युतको साथै हेलम्बुको पर्यटन समग्र हेलम्बुको विकासमा आफू सधैँ लागि पर्ने बताउनुभयो । जिल्ला आयोजना कार्यान्वयन इकाई (शिक्षा) को ६९ लाख ७० हजार रुपैयाँ आर्थिक सहयोगमा निर्मित भवनमा हाल हाल २ सय २५ जना विद्यार्थी अध्ययनरत रहेको विद्यालयका प्रधानाध्यापक राम गोपाल श्रेष्ठले जानकारी गराउँनु भएको थियो । कार्यक्रममा नेपाली काङ्ग्रेस जिल्ला कार्यसमिति सदस्य कृष्ण कुमार तामाङ (समीर)ले जयवागेश्वरी विद्यालयका २ सय २५ विद्यार्थीलाई ट्याकसुट सेट बितरण गर्नु भएको थियो । उँहाले बिद्यार्थीहरुलाइ अनुकुल पर्दा आफुले सकेको सहयोग गरिरहने बताउँनु भयो । यस्तै, कांग्रेस मेलम्ची नगरपालिका उपसभापति रामशरण गिरीले विद्यालयमा सरस्वतीको मन्दिर स्थापनाको लागि आवश्यक सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्नु भयो । विद्यालयका व्यवस्थापन समिति अध्यक्ष नारायण गिरीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो भनेबिद्यार्थीहरुले सस्कृती कार्यक्रम समेत गरेका थिए ।