सम्पर्क

डडुवामा बालमैत्री वडा घोषणाको तैयारी

सिन्धुपाल्चोक जिल्लाको चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. १४ लाई बालमैत्री वडा घोषणाको तैयारी गरिएको छ । यसको लागि शुक्रबार वडा कार्यालयले सरोकारवालाहरुसँग अभिमुखीकरण कार्यक्रम गरेको छ । बालमैत्री सुचाङ्कसम्बन्धि अभिमुखी केन्द्र कार्यक्रम वडा उप–प्रमुख सीता थापाको प्रमुख आतिथ्यतामा भएको हो । प्रमुख अतिथी चौतारा साँगाचोकगढी नगरपालिकाका उप–प्रमुख तथा नगर महिला तथा बालबालिका बिभागका प्रमुख थापाले नगरपालिकामा हालसम्म एउटा मात्र वडा नं. १३ बालमैत्री वडा घोषणा भई सकेको र अब अरु वडाहरु पनि घोषणा गर्ने तैयारीका क्रममा वडा नं. १४ मा यो कार्यक्रम गरिएको बताउँदै बालमैत्री हुनका लागि हुनपर्ने मापदण्डका बारेमा जानकारी दिनुभएको थियो ।

चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. १४ का वडाअध्यक्ष उद्वव नेपालको सभापतित्वमा भएको कार्यक्रमको सहजिकरण भने जुगल क्याम्पस साँगाचोकका प्रमुख पदम प्रसाद पराजुलिले गर्नुभएको थियो । महिला तथा बालबालिका शाखाका नरज बिशंखेले सञ्चालन गर्नु भएको कार्यक्रममा वडा भित्रका तिनवटै बिद्यालयका प्रअहरु, राजनितिदलका प्रमुखहरु लगायतको उपस्थिति रहेको थियो ।