सम्पर्क

बागमती प्रदेसको बजेटमा सिमेण्टको कर खारेज

काठमाडौं । बागमती प्रदेश सरकारले आगमी आर्थिक वर्षको लागि ७० अर्ब ९३ करोड ९२ लाख बजेट सार्बजनिक गरेको छ । बागमती प्रदेश सभामा आर्थिक वर्ष २०७९÷०८० को बजेट प्रस्तुत गर्दै प्रदेशको आर्थिक मामिल तथा योजनामन्त्री शालिकराम जम्कट्टेलले कुल विनियोजन मध्ये चालुतर्फ १९ अर्ब २ करोड ४१ लाख रुपैयाँ रहेको जानकारी दिनु भयो ।Budget-Speech-All-Final-2079-03-01 बजेट प्रस्तुत गर्दै जम्कट्टेलले पुँजीगततर्फ ४१ अर्ब ५६ करोड २४ लाख, वित्तीय हस्तान्तरणतर्फ ८ अर्ब ३५ करोड ३७ लाख र वित्तीय व्यवस्थातर्फ २ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको बताउँनु भयो । बागमती प्रदेश सरकारले सिमेन्ट उद्योगमा लगाएको प्राकृतिक स्रोत उपयोग शुल्क संघीय मूल्य अभिवृद्धि करसँग दोहोरो परेकोले खोरेज गरेको उनले बताए । प्रदेश सरकारले निर्वाचन क्षेत्र पूर्वाधार साझेदार कार्यक्रम खारेज गरेको जानकारी दिनु भयो विनियोजनको लागि खर्च बेहोर्ने स्रोततर्फ राजश्वबाट २६ अर्ब ९७ करोड ११ लाख, अन्य राजश्वबाट ६ अर्ब २२ करोड ४४ लाख, संघीय वित्तीय हस्तान्तरणमार्फत २१ अर्ब ६ करोड ८७ लाख, र चालु आर्थिक वर्षको अनुमानित सञ्चित कोष बचत र अन्य स्रोतबाट १६ अर्ब ६७ करोड ५० लाख रुपैयाँ स्रोत व्यवस्थापन गर्ने लक्ष्य रहेको मन्त्री जम्कट्टेलले बताउँनु भयो । यस पटकको बजेटमा पत्रकारमहासंघ लगाएत बिभिन्न सङ्गठनलाइ अनुदानको व्यबस्था गरेको छ ।