सम्पर्क

विपद्को प्रतिकार्यमा जुटन मेलम्ची नगर प्रमुख तामाङको निर्देशन

सिन्धुपाल्चोक जिल्ला मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले विपद्को तयारी अवस्थामा रहन वडाअध्यक्ष हरुलाई निर्देशन दिनुभएको छ । बर्षायाम सुरुभएसँगै प्राकृतिक प्रकोपका घटनाहरु घट्ने भएकाले प्रत्यक्ष जनतासँगै रहेर काम गर्न उहाँले आग्रह गर्नुभयो । मेलम्ची नगरपालिकाको विपद् व्यबस्थापन तथा जलवायु उत्थानशील समितिको बैठकमा प्रमुख तामाङले यस्तो निर्देशन दिनुभएको हो । उहाँले यसभन्दा अघिका विपदका घटनामा सुरक्षाकर्मिको कामको प्रसंशा गर्दै विपद्का बेला अपनाउन पर्ने सावधानी र खेल्नुपर्ने भूमिकाका बारेमा जनप्रतिनिधिहरुलाई पनि प्रशिक्षण आवश्यक रहेको बताउनुभयो । नगर प्रमुख तामाङले १३ वटै वडा सम्म पुग्ने बाटो,बाहुनेपाटि मेलम्ची भोताङ, छापभञ्ज्याङ मेलम्ची , मेलम्ची तालामाराङ, बाहुनेपाटि काहुलेदोभान , भोटेचौर सडक कुनैपनि समयमा अवरोध नहुनेगरि कार्ययोजना बनाउन पर्ने बताउनुभयो । साथै बैठकबाट नगरप्रमुको संयोजकत्वमा ५ सदस्सीय कार्यदल समेत गठन गरिएको छ । कार्यदलमा नगर प्रमुख तामाङ, उपप्रमुख उमा प्रधान, प्रमुख प्रशासकिय अधिकृत अमृत कुमार धिताल, वडा नम्बर ११का वडा अध्यक्ष चन्द्र बहादुर तामाङ र इन्जिनिर रहनुभएको छ । बैठकमा प्रमुख प्रशासकिय अधिकृत धितालले विपद्मा जनप्रतिनिधिको भूमिका, प्रक्रिया र नियम तथा कानुनका बारेमा जानकारी गराउनुभएको थियो ।