सम्पर्क

पूर्वतयारी भन्दा राहतमा चासो दिन्छन् नागरिक

वर्षयाम संगै बढदो विपद् तथा जोखिम न्यूनिकरणका लागि स्थानिय सरकारले बनाउने निती तथा त्यसको कार्यान्वयनको अवस्था विषयक नितीगत छलफलमा कार्यक्रम चौतारामा सम्पन्न भएको छ । सामुदायिक सारथीको आयोजनामा भएको उक्त कार्यक्रममा सिन्धुपाल्चोक जिल्लामा भएको स्थानीय सरकारहरुले विपद् व्यवस्थापन निति र्निर्माण तथा त्यसको कार्यान्वयनको अवस्था बारे कार्यक्रममा छलफल गरिएको थियो । हाल सिन्धुपाल्चोकका केहिले बाहेका स्थानिय सरकारले हाल सम्म पनि विपद् व्यवस्थापन नीती बनाएको छैन । स्थानिय सरकारले विपद् व्यवस्थापन तथा यसको कार्यलाई त्यति चासो नदिएको सरोकारवालाहरुले बताएका छन् । कार्यक्रममा कार्य पत्र प्रस्तुत गर्दै सहजकर्ता राजकुमार लम्सालले स्थानीय सरकारले निति बनाउन नसक्ुन र बनेका पनि केन्द्र र प्रदेशका हुबहु नाम मात्रै परिवर्तन गर्दै राख्ने परिपाटीले स्थानीय सवालहरु नआएको बताउनु भयो । बनेकाहरुको पनि कार्यान्वयन प्रभावकारी नभएको बताउनु भयो । कार्यक्रममा बोल्दै चौतारा साँगाचोकगढी नगरपालिका वडा न ८ का वडा सदस्य कार्साङ तामाङ्गले आप्mनो वडाको दिपमा विद्युत प्रसारण लाइनको टावरका कारण बस्ती जोखिममा परेकाले समाधानको पलह गर्न सम्बन्धीत पक्षको ध्यानाकर्षण गराउनु भएको थियो । जस्ट नेपाल फाउण्डेशनका प्रतिनिधि नवराज सापकोटाले पनि कार्यक्रममा बोल्दै हाल नागरिकहरुको विपद् पूर्वतयारीमा भन्दा पनि राहतमा ध्यानकेन्द्रित भएको बताउनु भयो । यसले पनि विपद् तथा यस्को क्षति बढेको बताउनु भयो । यस्तै प्रमुख जिल्ला अधिकारी जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक वेधनिधी खनालले जिल्लामा विपद् पुर्वतयारी बारे राख्नु भएको थियो । उहाँले सिन्धुपाल्चोक जिल्लामा विपद् परिहालेमा उद्दारका लागि विशेष जनशक्तिको फोर्स तयारी गरिएको बताउनु भयो । हालै मात्रै सुरक्षा क्षेत्रले विपद् उद्धारको अभ्यास सुकुटेमा गरेको र साथै जिल्लामा आफ्नो तर्फबाट सबै सुरक्षा निकायलाई तयारी अवस्थामा राखेको पनि बताउनु भयो । कार्यक्रममा बोल्दै चौतारा साँगाचोकगढी नगरपालिककाका उपप्रमुख सिता थापाले विगतमा बाजेहरुको पालामा वर्षालागे पछि घर वरीपरि भल तर्काउने काम हुन्थ्यो तर हाल स्थानीय सरकारले बजेट नदिए सम्म नागरिहरु यस्तो निजी तथा सुरक्षाको काम समेत गर्न नचाहने यो निकै दुखको कुरा हो भन्नु भयो । चौतारा साँगाचोकगढी नगरपालिका प्रमुख कृष्ण प्रसाद सापकोटाले नागरिकहरुमा जनचेतनाको अभाव रहेकोले पनि विपद् पूर्वतयारी बारे छलफल नभएको बताउनु भयो । यसका लागि नागरिकहरुमा विभिन्न माध्यमबाट सुचना प्रभाव गरी विपद्का बेला तथा राहत तथा उद्दार बारे जानकारी गराउनु आवश्यक रहेको बताउनु भयो ।