सम्पर्क

मनसुनसँगै रोपाई सुरु

सञ्जिव तामाङ (स्याङ्बो)
मनसुन सुरु भएसँगै सिन्धुपाल्चोकको ग्रामीण भेगहरुमा रोपाई सुरु भएको छ । गत वर्षको भन्दा यस वर्ष मनसुन चाडै सुरु भएकोले धान रोप्ने चटारो बढिसकेको छ । समयमै आकाश बाट पानी परेकोले यस बर्ष गत बर्ष भन्दा अलि छिटो सुरु गरिएको छ । मौसममा परिवर्तन आए संगै किसानलाई यति बेला धान रोप्न चटारो परेको जिल्ला कृषि बिकाश कार्यलयको भनाई छ । मानो छरी मुरि फलाउने लक्ष्यका साथ किसान खेतबारीमा बस्त देखिन्छन् । ईन्द्रावती गाउँपालिका , ४ मा पनि रोपाई सुरु भैसकेको छ । बिहान ६ बजेदेखी साझ ७ बजे सम्म किसान खेरिबारीमै ब्यस्त देखिने गरेको ईन्द्रावती ४ का अब्बल किसान कृष्ण तामाङको भनाई छ । रोपाईको समयमा यो पटक पर्याप्त पानी परेकोे र सिचाई सुविधा पुगेकोले रोपाई भैरहेको तामाङको भनाई छ । यहाँ आधा भुभागमा राम्रो धान उत्पादन हुने भएकाले पनि किसान ब्यस्थ रहेको उहाँले बताउनुभयो ।