सम्पर्क

माओबादीको नगर प्रमुख उमेद्वार काँग्रेस प्रबेश

नेपाली काँग्रेस सिन्धुपाल्चोकले आफ्नो पाटी सङ्गठनलाइ बलीयो र अनुशासीत बनाउँन लागी परेको छ । पाटी जिल्लाको पहीलो बनाउँनका लागी लागी पर्नु भएका नेपाली काँग्रेसका केन्द्रीय सदस्य मोहन बहादुर बस्नेत लगाएत नेपाली काँग्रेस सिन्धुपाल्चोक जिल्ला कार्य समिती ले हर प्रयास गरिरहेको नेपाली काँग्रेस बागमती प्रदेसका सहमहामन्त्री हरिशरण श्रेष्ठले बताउँनु भएको छ । उँहाले सिन्धुपाल्चोक मात्र होइन अब बागमती प्रदेस लगाएत नेपाल भरी नै नेपाली काँग्रेस प्रती नागरिकको बिश्वास बढ्दै गएकोले आगामी निर्वाचनमा कााग्रेसको एकलौटी सरकार हुने गरि नतीजा आउँने सिमेत बताउँनु भयो । हालै मात्र नेकपा माओवादी केन्द्रबाट बाह्रबिसे नगरपालिकाको नगर प्रमुखको पदमा उम्मेदवारी दिनुभएका बुद्धराज बस्नेतलाइ नेपाली कांग्रेसका केन्द्रीय सदस्य मोहन बहादुर बस्नेतले नेपाली काँँग्रेसमा प्रबेश गराउँनु भए पछी सिन्धुपाल्चोक कााग्रेसमा थप उर्जा बढेको नेपाली काँग्रेसका जिल्ला उपसभापती टङ्क कार्कीले बताउँनु भयो । नेकपा माओवादी बाह्रबिसे नगरपालिकाको नगर प्रमुख पदमा उम्मेदवार बन्नु भएका बस्नेतले गरिब असाय पिडीतको घाउमा मलम लगाउँने अनी बिकासको लागी जनचाहाना अनुसार काम गर्न सक्ने एक मात्र पाटी नेपाली काँग्रेस भएकोले आफु पाटी प्रबेश गरेको बताउँनु भयो । उँहाले मोहन बहादुर बस्नेत जस्तो रातदिन जनताको पगमा खट्ने नेता अरु पाटीमा नदेखेको समेत बताउँनु भयो । जसले जनताको दुख र कार्यकर्ताको समस्या बुझेको हुन्छ त्यो नै वास्तबीक नेता हो भन्दै मोहन बस्नेत जस्तो नेता अरु नदेखेको समेत बताउँनु भयो । स्थानीय तहको निर्वाचनमा नेकपा (माओवादी केन्द्र)को तर्फबाट बाह्रबिसे नगरपालिकाको नगर प्रमुख पदमा उम्मेद्वार बन्नु भएका बस्नेत शुक्रबार नेपाली कांग्रेसमा प्रवेश गर्नु भएको हो । उँहालाइ पाटीमा प्रबेश गराउँदै पुर्ब मन्त्री बस्नेतले नेपाली काँग्रेसमा प्रबेश गर्नका लागी सबैलाइ सँधै ढोका खुल्ला रहेको बताउँदै पाटीमा खट्ने साथीहरुको उचित मुल्याङ्कन गरिने बताउँनु भयो । उँहाले नेपाली काँग्रेस आफैमा प्रजातान्त्रीक पाटी भएकाले यस पाटीमा काम गर्नै कार्यकर्तालाइ काम गर्नका लागी मौका दिने बताउँदै काँग्रेसले जितेका ठाँउमा बिकासका काममा कुनै पनी कमी हुन नदीने बताउँनु भयो । नेपाली काँग्रेस १न क्षेत्रका क्षेत्रीय सभापती एवम बाह्र्बिसे नगरपालीकाका प्रमुख बालकृष्ण बस्नेत नेपाली काँग्रेसका युवा नेता सुनकोशी गाँउपालीकाको निवर्तमान अध्यक्ष श्रवण कुमार जिसी,नेता रामकुमार थापा लगाएतका ब्यक्तीहरुको उपस्थितीमा बस्नेत नेपाली काँग्रेस पाटी प्रबेस गर्नु भएको थियो ।