सम्पर्क

उद्योग बाणीज्य को बधाइ तथा सम्मान बाह्रबिसे मा

सिन्धुपाल्चोक उद्योग बाणिज्य संघ ले शनीबार एक कार्यक्रमको आयोजनजा गरी जव जिर्वाचित जन प्रतिनिधीहरुलाइ बधाइ तथा सम्मान कार्यक्रम गरेको छ । बाह्र्ुबिसे नगरपालीकाको कवडहलमा संघद्वारा आयोजीत २०७९ बैसाख ३० गते स्थानीय निर्वाचनमा सहभागी भै निर्वाचित नगरपालिका,गाउपालिका जिल्ला समन्वय का प्रमुख र उपप्रमुख साथै सगरमाथा आरोही भोटेकोशी ५ निवासी बिकास कार्की लाई बधाइ तथा सम्मान गरिएको हो । संघका अध्यक्ष होम बहादुर बस्नेत (राजकुमार)ले सभापतीको आसनबाट बोल्दै बिगतमा जन प्रतिनिधी नहुँदा पनी उद्योग बाणीज्य संघले बिकासका कममा सहयोग गरिरहेको बताउँनु भयो । कार्यक्रममा बाह्र्बिसे नगरपालीकाका नगर प्रमुख बालकृष्ण बस्नेतले उद्योगीहरुको लागी सहज तरिकाले सामान ढुवानी गर्न सडकको व्यवस्थापनमा ध्यान दिन पर्ने बताउँदै हामी नागरिक सबैलाइ बर्ष भरी खानका लागी आबश्यक पर्ने खाद्यन्न रोप्ने बेलामा पनी मलको हाहाकार भइरहेकाले स्थानीय स्तरमा नै यस्ता मलहरुको उद्योग सञ्चालन गरेर स्थानीय किसानको मागलाइ सम्बोधन गर्ने तर्फ सबैको ध्यान जान पर्ने बताउँनु भयो । कार्यक्रममा केन्द्रीय सदस्य कमलकुमार श्रेष्ठ ,नेपाल हिमालय बाणीज्य संघका अशोक कुमार श्रेष्ठ, जिल्ला सम्मन्वय प्रमुख बालकृष्ण श्रेष्ठ लगाएतले शुभकामना मन्तब्य राख्नु भएको थियो । कार्यक्रममा निबर्तमान अध्यक्ष वेद बहादुर श्रेष्ठ उपाध्यक्षहरु अमृत कार्की सूर्य बहादुर कार्की महासचिव शम्भु तिमल्सिना सचिव ईश्वर गुभाजु कोषाध्यक्ष उमेश प्रधान सह कोषाध्यक्ष बिचारी पराजुली लगायत कार्यसमितीका पदाधिकारी,सदस्य तथा सल्लाहकार समिती को उपस्थिति रहेको थियोबधाई तथा सम्मान कार्यक्रमको अवसरमा संघको संस्थागत बिकास लाई सहयोग पुर्याउने आजीवन सदस्य हरुलाई पनी प्रमाणपत्र बितरण गरीएको थियो । साथै सघक्ँ सदस्य बिदुर खडका को हार्डवेयर पसल आगलागी बाँट क्षतिभयको हुदा संघको तर्फबाट सहयोग स्वरूप रु ५ लाख ४६ हजÞार ५५ रुपैया हस्तांतरण गरिएको थियो ।