जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले मनसुन सक्रिय बाढीपहिरो, डुवानको जोखिम बढेको जनाउँदै जिल्ल बासीहरुलाइ यात्रामा विशेष सतर्कता अपनाउन आग्रह गरेको छ ।
जल तथा मौसम पूर्वानुमान महाशाखाले आज र भोलि अति भारी वर्षाको सम्भावना रहेको सूचनालाई आधार मान्दै सिन्धुपाल्चोक जिल्लाको अरिनको राजमार्ग लगाएतका राजमार्गहरुमा बेलूका ७बजे देखी बिहान ५बजे सम्म सवारी आबत जावतमा रोक लगाएको छ । प्रमुख जिल्ला अधिकारी शशीधर घिमिरे ले सिन्धुपाल्चोक जिल्लाका राजमार्गहरुमा पहीरोको जोखीम र सानातिना खोल्सा तथा खोलाहरुमा समेत बाढीको सम्भावना रहेकोले रात्रीको समयमा समस्या हुन सक्ने भएकाले सवारीसाधन हरुलाइ रोक लगाइएको बताउँनु भयो ।
यो सँगै कुनै समस्या भएमा तत्काल हटलाइन नम्बर १२३४ नेपाल प्रहरीको१००फोन गर्न समेत अनुरोध गर्नु भएको छ ।
