सम्पर्क

शिक्षक संघ चौतारा द्धारा जनप्रतिनिधिहरूलाई बधाई

 

नेपाल शिक्षक संघ स्थानीय चौतारा चौतारा साँगाचोकगढी नगरपालिकाले नगरमा नव निर्बाचित पदाधिकारीहरुलाइ बधाइ तथा शुभकामना दिएको छ । संघद्वारा २०७९ बैशाख ३० मा सम्पन्न स्थानीय तह निर्वाचनमा नगरपालिकामा निर्वाचित जनप्रतिनिधिहरूलाई शनीबार एक कार्यक्रमका बिच बधाई तथा शुभकामना ज्ञापन कार्यक्रम गरिएको हो । नेपाल शिक्षक संघ बागमति प्रदेशका उपाध्यक्ष यज्ञप्रसाद दंगालको प्रमुख आतिथ्यतामा र नेपाल शिकक संघ सिन्धुपाल्चोकका अध्यक्ष तुलसीप्रसाद दंगालको बिशेष आतिथ्यता वि.पि स्मृति भवनमा उक्त कार्यक्रममा गरीएको थियो । कार्यक्रमको सभापतित्व नेपाल शिक्षक संघ चौतारा साँगाचोकगढी नगर समितिका अध्यक्ष सबिन दंगालले गर्नु भएको थियो भने कार्यक्रम संचालन नगर समितिका सचिव सुनिल तामाङले गर्नु भएको थियो। नेपाल शिक्षक महासंघका उपाध्यक्ष राजेन्द्रप्रसाद सापकोटा , नेपाल शिक्षक संघ नगर कार्य समितिका पुर्व अध्यक्ष केशवलाल श्रेष्ठ , सचिव बालकृष्ण दंगाल, नगर कार्य समितिका पदाधिकारी र शिक्षक संघमा आबद्ध शिक्षक शिक्षिकाहरु तथा नवनिर्वाचित जनप्रतिनिधि र अन्य व्यक्तिहरुको बाक्लो सहभागिता रहेको थियो। नगर कार्य समितिले वर्ष भरीको कार्यक्रम तयारी गरी आफ्ना गतिविधिहरु अघि बढाइ रहेको छ । समितिले गत २४ गते चौतारा साँगाचोकगढी नगरपालिकाका निर्वाचित नगर प्रमुख र उपप्रमुखलाई कार्यकक्षमा गएर बधाई तथा शुभकामना व्यक्त गरेको थियो। शिक्षकको हकहितका लागि आफ्ना विभिन्न गतिविधिहरु अघि बढाउदै आएको नेपाल शिक्षक संघले पछिल्ला दिनहरुमा सक्रियताका साथ बिभिन्न कार्यक्रमहरु गर्दै आइरहेको छ ।