सम्पर्क

शिक्षामा चमत्कारी सुधार गर्ने बोहाराको दाबी

त्रिपुरासुन्दरी गाउँपालिका नवनिर्वाचित अध्यक्ष भक्तध्वज बोहराले सामुदायिक बिद्यालय शिक्षामा चमत्कारी सुधार गर्ने, बताउँनु भएको छ । उँहाले शैक्षिक गुणस्तर सुधार गर्न शिक्षाको बेसलाइन सर्वे गरेर त्यसैको प्रतिबेदनको आधारमा चालु शैक्षिक सत्रबाट सुधार गर्ने, जनताका आधारभूत स्वास्थ्य अधिकार सुनिश्च्तिता गर्न सबै वडाका स्वास्थ्य चौकी र स्वास्थ्य संस्थाको सेवा उपचारमा सुधार गर्ने, स्वास्थ्य बीमा अनिवार्य गर्ने, त्रिपुरासुन्दरीमाई, लट्टेश्वर महादेव लगायतका देवालय बिकास र सुधार गर्दै धर्मालम्बी र आन्तरिक पर्यटक, बाह्य पर्यटक भित्राउदै धार्मिक पर्यटन प्रर्बद्धन गर्ने अध्यक्ष बोहराले बताउनु भएको छ ।

बाहेराले आफ्नो कार्यकाल ऐतीहासिक हुने बताउँदै गाउँपालिकाका सबै वडालाई सडक सञ्जालले जोड्ने, सबै सडकलाई १२ महिना संचालनमा ल्याउने गरी सडकको स्त्तरोन्नति गर्दै कालोपत्रे गर्ने, वडादेखि पालिका केन्द्रसम्म आउने सुनकोशी र दावीखोलामा पक्की पुल निमार्ण गर्ने कार्यक्रम रहेको बताउँनु भएको छ । उँहाले महभीर, झर्ना, पोखरे, खाजीलुङ लगायतका महत्व बोकेको पर्यटकीय स्थानलाई पर्यकीय गन्तब्यको रुपमा बिकास गर्ने, धार्मिक र पर्वतीय पर्यटनको माध्यमबाट समग्र त्रिपुरासुन्दरीबासीको आर्थिक उन्नतीका लागि काम गर्ने अध्यक्ष बोहराले बताउनु भएको छ । निर्वाहमूखी कृषि प्रणालीलाई प्रबिधिमैत्री बनाएर आधूनिकीकरण गर्दै ब्यवसायिक कृषि प्रणालीमा रुपान्तरण र उत्पादित कृषि उपजलाई बजारीकरण गर्दै कृषिलाई सम्मानित पेशा बनाउने लक्ष्य लिइएको बोहराले जानकारी दिनु भयो । साथै कृषि क्षेत्रमा युवाहरुलाई आर्कर्षित र स्वरोजगार बनाउने प्रकारको कामको थालनी गर्ने उहाँले थप्नु भयो ।जेष्ठ नागरिक तथा अपांगहरुलाई सम्मानजनक जीवनयापनको बातावरण निमार्ण गरी युवाहरुलाई समाज निमार्ण सँग जोड्दै समाज र युवाको भविष्य सुनिश्चित गर्ने, पछौटेपन, गरीबी, बिपन्न समुदायका आयस्तर उकास्नका लागि गाउँपालिका प्राथमिकताका साथ लाग्नेमा उहाँले प्रतिबद्धता गर्नु भयो ।जनताको समस्या पहिचान गर्दै सबै क्षेत्रमा बिकास निमार्ण, भौतिक पूर्वाधारको निमार्ण कार्य गर्ने अध्यक्ष बोहराले जोड दिनुभयो । पालिकामा सबै खाले दस्तुर मिनाहा (घटना दर्ता) गर्ने, तत्काल नागरिक स्वास्थ्य बीमा कार्यक्रम शुरुवात गरिे सकेको समेत उँहाले जानकारी दिनु भयो ।