सम्पर्क

हिराहरिको क्योरोगी र पुम्से प्रतियोगिता चौतारामा 

 

सिन्धु पाल्चोक जिल्लाकोसदर मुकाम चौतारामा , हिराहरि तेक्वान्दो डोजाङ चौताराद्वारा आयोजित प्रथम हिराहरि अन्तर डोजाङ क्योरोगी र पुम्से प्रतियोगिता चौतारा–५ आलडाडाको सेमिकबर्ड हलमा शनिबार भएको छ । जिल्ला फुटबल संघ सिन्धुपाल्चोकका नवनिर्वाचित अध्यक्ष अमृतमान श्रेष्ठ,को प्रमुख अतिथ्यतामा उक्त प्रतियोगिता सम्पन्न भएको हो । १२ स्वर्ण मध्ये ९ क्योरुगी (फाइट ) र ३ स्वर्ण पुम्सेको लागि भएको कार्यक्रमको विशेष अतिथी जिल्ला ब्याटमिन्टन संघ सिन्धुपाल्चोकका अध्यक्ष सुबर्ण श्रेष्ठ रहनु भएको थियो । प्रतियोगितामा पुम्से तर्फ क्रमश आयुशी श्रेष्ठ, जुना तामाङ निशान ढुङ्गाना प्रथम हुनु भएकोथियो भने रेगिना गुरुङ, सोफिया श्रेष्ठ र दोर्जे तामाङ दोश्रो हुनु भएकोथियो रिया यादव प्रबिन घले र आयन श्रेष्ठ ले भने तेश्रो स्थान हासिल गर्नु भएको थियो । यसै गरि क्योरुगी तर्फ भने पुरुष २२ के जि मा आरुस दुलाल पहीलो निस्चल दुलाल, दोश्रो हुनु भएको थियो पुरुष २४ के जि मा प्रथम अबिनाश कार्की द्वितीय कुशल ढुङ्गाना, तृतीय शिभान्शु श्रेष्ठ, मोहित घिमिरे पुरुष २९ के जि मा प्रथम सालिन बि. क., द्वितीय रेहान श्रेष्ठ, तृतीय सुरज सिलवाल , पुरुष ३१ के. जि. मा प्रथम अनमोल कार्की , द्वितीय रुस्तम घिमिरे, पुरुष ३५ के. जि. मा प्रथम मिङमार तामाङ, द्वितीय राजन दुलाल, तृतीय आयुश लामा सुशील चौलागाईं, पुरुष ३९ मा अर्जुन योन्जन, द्वितीय युकेश कटवाल, तृतीय सरोज तामाङ प्रसिन लामा पुरुष ४२ के. जि मा प्रथम सुजन तामाङ , द्वितीय दिशान्त घिमिरे, तृतीय रीजन गौतम, पुरुष ४६ के. जि. मा प्रथम शिखर नारायण श्रेष्ठ , द्वितीय मन्जित तामाङ, तृतीय आरोन श्रेष्ठ हुनु भएको थियो । महिला ३८ के. जि. मा प्रथम रफिका ढुङ्गेल , द्वितीय रोजिना थापा मगर हुन सफल भएको छ । सद्दिगणेश मा. वि. का शिक्षक राजकुमार श्रेष्ठ लगायत अभिभावकहरुको बाक्लो उपस्तिथिमा भएको प्रतियोगिता मा जुरिको भुमिकामा तातोपानी तेक्वान्दो डोजाङका प्रमुख अजय गुरुङ रहनु भएको थियो भने जर्जमा जयराम तामाङ , सन्देश खड्का, सुदिप तामाङ र दर्पण श्रेष्ठ रहनु भएको थियोे । ्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुन सफल खेलाडीहरुलाइ मेडल र प्रमाणपत्र वितरण गरिएको थियो । उत्कृष्ट खेलाडीको ट्राफि पुरुष २४ के. जि. मा प्रथम भएको अबिनाश कार्कीले उचाल्नु भएको थियोे । प्रतियोगिता कार्यक्रम हिराहरि तेक्वान्दो डोजाङका संस्थापक तथा डोजाङ प्रमुख रमेश गुरुङले सन्चालन गर्नु भएको थियो ।