सम्पर्क

नेपालले चीन सँग कूटनीतिक पहल गर्न नसक्दा आयतमा समस्या ःबस्नेत

नेपाली कांग्रेसका नेता एवं पुर्व मन्त्री मोहन बहादुर बस्नेतले २०७२ सालको भूकम्पपछि बनेका कुनै पनि सरकारले चिन सँगको नाकाको बारेमा उचित पहल गर्न नसकेको बताउँनु भएको छ । शनिबार नेपाल हिमाल सीमापार वाणिज्य संघको २२औँ वार्षिक साधारणसभालाइ सम्बोधन गर्दै बस्नेतले सरकारले नै चीन सरकारसँग कूटनीतिक पहल गर्न नसक्दा चिनियाँ नाकामा व्यवसायीलाई सामान आयातमा समस्या रहेको बताउँनु भयो । यो विषमा कुनै पनि सरकार पूर्णरूपमा सफल भएको छैन। त्यो काँग्रेसको सरकार होस् वा एमालेको सरकार होस् वा चाहे माओवादी वा नेकपाको सरकारले यो कुराको व्यवस्थित गर्न सकेको छैन। छोटो दूरीबाट हुनसक्ने व्यापारका लागि भाडादर समेत महँगो हुने गरेर सामान ल्याउनुपर्ने कुरा हामीले बुझेका छौँ’भन्नु भयो । उँहाले चिनको नाका व्यवस्थित र सञ्चालनमा आउन नसक्दा महँगो भाडा तिरेर भारत हुँदै सामान आयात गर्नुपर्ने अवस्था व्यवसायीको रहेको ले नेपाली जनता महगींको मारमा परेकोबताउँनु भयो । उँहाले लार्चामा सुख्खा बन्दरगाह चाहिन्छ भनेर पहिलोपटक संसदमा आवाज उठाउने काम आफूले गरेको बताउँनु भयो । बस्नेतले नेपाल चीन ब्यावसायमा संलग्न नेपालीहरुलाई हाल उनीहरुले भोग्नुपरेको समस्यालाई बुँदागत रुपमा उठाउन आग्रह गर्दै त्यसको समाधानको लागि सम्बन्धित निकाय मार्फत थप पहल गर्न सदैव तयार रहेको बताउँनु भयो ।कार्यक्रमलाइ सम्बोधन गर्दै बस्नेतले काठमाडौँ उपत्यकाको फोहोर व्यवस्थापन गर्ने क्षमता आफूसँग भएको बताउँदै फोहोर व्यवस्थापनका लागि आफूलाई जिम्मा दिए संधैका लागि समस्या समाधान गरिदिने बताउँनु भयो । कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष अञ्जन श्रेष्ठले सरकारले चीनसँग पहल गरेर तत्काल तातोपानी र रसुवा नाका नियमित सञ्चालन गर्नुपर्ने बताउँनु भयो ।उहाँले रसुवा तथा तातोपानी नाका बन्द हुँदा व्यवसायीले भारतको कोलकाता हुँदै सामान आयात गर्नुपर्ने अवस्था रहेको बताउँदै श्रेष्ठले दुवै नाकामा पूर्वाधार, गोदाम घर, सडक तथा पुलको समस्या रहेकाले सरकारले त्यसको समाधान गर्नुपर्नेमा जोड दिनु भयो ।उहाँले महासंघको नेपाल चीन फोरमले पनि नाकाका समस्या समाधानका लागि पहल गर्ने बताउँदै लार्चामा खुलेको सुक्खा बन्दरगाह सञ्चालनको विषयमा पनि सरकारले चीन सरकारसँग आवश्यक पहल गर्नुपर्ने माग गर्नु भयो । कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष कमलेशकुमार अग्रवालले आयात नियन्त्रण वर्तमान समस्याको समाधान नभएको बताउँनु हुँदै े सरकारले आयातलाई नियन्त्रण नभई व्यवस्थापन गर्नुपर्नेमा जोड दिनु भएको थियो । वरिष्ठ उपाध्यक्ष अग्रवालले सरकारको आर्थिक नीति र नेपाल राष्ट्र बैंकको मौद्रिक नीति दुवैले आयात व्यवसायलाई अनुत्पादक क्षेत्रको जस्तो व्यवहार गरेको गुनासो गरे । ब्याजदरमा विदेशी ऋण लिएर पूर्वाधारको विकास गर्नु भनेको श्रीलंकाको अवस्थामा जाने भन्दै ब्याजदरमा विदेशी ऋण लगानीले प्रतिफल नदिने बताउँनु भयो । कार्यक्रममा बाह्बिसे नगर प्रमुख बालकृष्ण बस्नेत लगाएत बिभिन्न ब्यक्तीलाइ सम्मान गरिएकोथियो ।