सम्पर्क

आउन थाल्यो रासायनिक मल

नेपालमा रासायनिक युरिया मल भित्रन शुरु भएको छ । साल्ट ट्रेडिङ लिमिडेटको २० हजार मेट्रिक टन डीएपी मल आइपुगेको छ । सो युरिया आगमि हप्तादेखी साल्ट ट्रेडिङ लिमिटेडका डिपोबाट कृषकलाई वितरण हुनेछ । साल्ट ट्रेडिङका विभागीय प्रबन्धक ब्रजेश झाका अनुसार २० हजार मेट्रिक टन डीएपी नेपाल आइसकेको छ । बिक्री केन्द्रमा पठाउने काम सुरु भएको छ, आइतबार वा सोमबारदेखि बिक्री वितरण सुरु हुन्छ । यसबाहेक २२ हजार मेट्रिक टन युरिया कोलकाता बन्दरगाहमा आइपुगेको र त्यो पनि आगामी हप्तामा आइपुग्ने उहाँले जानकारी दिनुभयो । नेपालमा वर्षेनी सैद्धान्तिक हिसाबले डिएपी, पोटास र युरिया गरी करिब आठ लाख मेट्रिकटन मल आवश्यक रहेको छ । व्यावहारिकरुपमा साढे पाँच लाख मल वर्षेनी चाहिने कृषि सामग्री कम्पनी लिमिटेडका प्रमुख राजेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो । नेपालमा वर्षेनी दुईदेखि तीन लाख मेट्रिकटन मल आयात हुने गरेको छ । रासायनिक मलको चर्को अभाव झोल्दै आएका नेपाली किसानलाई यसले राहत मिल्ने भएको छ ।