सम्पर्क

नेत्रज्योती कृषी सहकारी द्धारा बिउ बितरण

सिन्धु पाल्चोक जिल्ला चौतारा साँगाचोकगढी नगरपालिका वडा नं १४मा नेत्र ज्योती कृषी सहकारी सस्थाले शुक्रबार नवनिर्वाचित वडा अध्यक्ष उद्धब नेपालललाइ बधाइ दिदै पुर्ब अध्यक्ष शेर बहादुर श्रेष्ठलाइ धन्यबाद दिएको छ । बधाइ तथा धन्यबाद कार्यक्रम गर्दै किसानहरुका लागी आबश्यक पर्ने बिउ बितरण समेत गरेको छ । चौतारा साँगाचोकगढी नगरपालिका १४का कृषकहरुलाइ गोलभेडा, काउली लगाएतका बिउ बितरण गरिएको हो । कार्यक्रमका प्रमुख अतिथी १४ नं वडाका वडा अध्यक्ष उद्धब नेपालले वडामा रहेका कृषकहरुका लागी आबश्यक पर्ने मल को लागी बिशेष पहल भइरहेको बताउँदै आबश्यक परेको गोलभेडा र काउलीको बिउको लागी वडाबाट अनुदानको ब्यबस्था गरेको बताउँनु भयो । उँहाले वडाका कृषकहरुको पहीलो समस्या भनेको बिउ, मल, भएकाले यसको समधानका लागी वडा कार्यलय लागी परेको बताउँदै नेत्रज्योती कृषी सहकारी सस्थाले कृषको समस्यालाइ समधान गर्न मल र बिउको व्यबस्था गरेकोमा धन्यबाद दिदै कृषकहरको समस्या समधान गर्न आफु सँधै लागी पर्ने बताउँनु भयो ।यसै गरी पुर्ब अध्यक्ष शेरबहादुर श्रेष्ठले वडालाइ कृषी पकेट क्षेत्र बनाउँन सबै लागी पर्नु पर्ने बताउँनु भयो । यसै गरी डडुवा बचत तथा क्रृण सहकारी सस्थाका अध्यक्ष केशब नेपालले कृषी उत्पादनमा नेत्रज्योती कृषी सहकारी सस्थाले खेलेको भमिकाको प्रशंसा गर्नु भयो । ंसस्थाका सचिब महोन बहादुर बस्नेतले सभापतीको आशनबाट बोल्दै नेत्र ज्योती कृषी सहकारी सस्थाले आबश्यक परेको मल र बिउ बिजनहरु सके सम्म उपलब्ध गराउँने बताउँनु भयो । नेत्रज्योती कृषी सहकारी सस्थाका प्रबन्ध निर्देशक नेत्र बहादुर बस्नेतले वडामा रहेका खेती योग्य बााझो जमिनमा खेती गरेर स्थानीय स्तरमा र्नै आयर्आजन गर्नपर्ने भएकाले यसलाइ कार्यक्रमको रुपमा नै अगाडी बढाइने बताउँनु भयो । कार्यक्रममा नेपाली काँग्रेसको बिनोद पाख्रीन नोपली काँग्रेस महीला संघकी लक्ष्मी पोखरेल नेकपा एमालेका लक्ष्मण नेपाली ,नेकपा माओबादीका डम्बर नेपाल लगाएतका प्रतिनिधीहरुको उपस्थितीमा बिउ बितरण गरेको हो । नेत्र ज्योती कृषी सहकारी संस्थाले गत हप्ता धानको बिउ र मल बितरण गरेको थियो । बिउ नपुगेकालाइ बिउ र मल नपाएकाका लागी मल ल्याएर किसानलाइ बितरण गर्नका लागी सहकारी लागी परेको मल तथा बिउबिजन बितरक संयोजक राजेन्द्र बस्नेतले जानकारीदिनु भयो ।