सम्पर्क

मध्यरातमा पसल चोरी गर्ने ३ जना पक्राउ

मेलम्चीमा बजारमा गत २८ गते राति फेन्सी पसल चोरी गर्ने तिन जना पक्राउ परेका छन् । सिन्धुपाल्चोक मेलम्ची नगरपालिका वडा न.११ स्थित रहेको बाबुराम भुसाल बिक्रमको फेन्सी पसल फुटाई पसलमा रहेको विभिन्न दरका जुत्ता, पाईन्ट,ज्याकेट,टिसर्ट, झोलाहरु चोरी गरेका थिए । विशेष सूचनाको आधारमा प्रहरीले चोरीमा संलग्न रहेका मानिसहरू र चोरी भएको मालसामान बरामद गरेको ईलाका कार्यालय मेलम्ची निरीक्षक उत्तम सिह भण्डारीले जानकारी दिनुभयोे । भुसालको अन्दाजी रु २,५०,०००÷– (दुई लाख पचास हजार मात्र) बराबरको सर–सामान चोरी भएको ईलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक भण्डारीले जानकारी दिनुभयो । चोरी गरि फरार रहेक मेलम्ची नगर पालिका वडा नं.११ बस्ने बर्ष २० को विकास पुरी, वडा नं. ६ बस्ने बर्ष २१ को उत्तम थापा र वडा नम्बर ६ बस्ने बर्ष २० को दिपेन्द्र कार्की लाई सोमबार ईलाका कार्यालय मेलम्ची बाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।