सफल जनप्रतिनिधी बन्न राष्ट्रसेवक कर्मचारीको भुमिका हुने बस्नेत नेपाली काँग्रेसका केन्द्रीय सदस्य पुर्ब सुचना तथा सञ्चार मन्त्री मोहन बहादुर बस्नेतले कुनै पनी जनप्रतिनिधी कार्य सफलतामा पुग्नका लागी कर्मचारीको पनी ठुलो भुमिका हुने बताउँनु भएको छ । स्थानीय तह सदस्य निर्वाचन २०७९ अन्तर्गत जिल्ला समन्वय समिति (जिसस) सिन्धुपाल्चोक जिल्लाको नव निर्वाचित पदाधिकारीहरुको पदभार ग्रहण एवम स्वागत तथा पुर्ब पदाधिकारहिरुको बिदाई कार्यक्रममा आफ्नो भनाई राख्दै यस्तो बताउँनु भएको हो । बस्नेतले हरेक पाईलामा जनप्रतिनीधी, कर्मचारी, सरकार, र नागरिकको प्रत्यक्ष सरोकार रहेर निती भित्र रहेर गरेका हरेक कामहरु सफलताको बाटोमा जाने भएकाले पनी जनप्रतिनिधीहरुले त्यस तर्फ ध्यान दिन पर्ने बताउँनु भयो । उहाँले जिल्ला समन्वय समितले आयोजना गरेको स्वागत तथा बिदाई कार्यक्रममा प्रमुख अतिथीको आशनबाट बोल्दै नव निर्वाचित पदाधिकारीहरुले हरेक काममा कर्मचारीले सहयोग गर्नु पर्ने, सञ्चार कर्मीले पनी राम्रा मात्र होइन कमी कमजोरीलाई पनी बाहिर ल्याउँन पर्ने जनप्रतिनिधीले पनी कुनै पनी काम गर्दा यो मेरो पार्टी त्यो तेरो पाटी नभनी सबै पक्ष साँग छलफल गरेर काम गर्नु पर्ने बताउँनु भयो । आईतबार सम्पन्न निर्वाचनमा जिल्ला समन्वय समिति प्रमुखमा गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार बालकृष्ण श्रेष्ठ र उपप्रमुखमा गठबन्धनबाट समाजवादीका पदम नाथ नेपाल १३ मत प्राप्त गरी विजयी हुनुभएको थियो । जिल्ला समन्वय समिति (जिसस) निर्वाचनमा एक प्रमुख, एक उपप्रमुख र सात जना सदस्य पदका लागि १८ जनाको उम्मेदवारी दर्ता भएको थियो । कुल २४ मत मध्य जिसस चुनावमा नेकपा माओवादी केन्द्र र नेकपा एमाले बिच गठबन्धन हुदा ११ मत थियो । कार्यक्रमको सभापतिको आसनबाट बोल्दै निर्वाचित जिल्ला समन्वय समिति प्रमुख वाल कृष्ण श्रेष्ठले सबै सँग मिलेर काम गर्ने बताउँनु भयो । मुख्य निर्वाचन अधिकृत एवं माननीय जिल्ला न्यायाधीश श्री चन्द्र प्रकाश तिवारीले निर्बाचनका बेला सबैले सहयोग गरेकै कारण छिटफुट घटना बाहेक निर्बाचन शान्तिपुर्णढङ्गबाट सफल भएकोमा सबैलाई धन्यबाद दिनु भयो । यसै गरि नवनिर्वाचित जिसस उपप्रमुख पदमनाथ नेपाल ले सबैको सहयोगका कामना गर्नु भयो यसै गरि प्रजिअ वेदनिधि खनालले सिन्धुपाल्चोका जिल्लालाई अति संबेदनसिल जिल्लाको रुपमा सरकारले राखेको भएता पनि सिन्धुपाल्चोक वास्तवमा त्यस्तो नभएकोमा खुशि लागेको बताउनु भयो । नेकपा एमाले जिल्ला सचिव रामचन्द्र बस्नेतले नाम समन्वय सिमती भएकाले काम पनि समन्वयमा गर्न पर्ने बताउनु भयो । कार्यक्रममा बोल्दै नेपाली काग्रेसका जिल्ला सभापति जंग लामाले सबै सँग मिलेर काम गर्न पार्टीका नर्वाचित पदाधिकारिहरुलाई अनुरोध गर्नु भयो । अतिथि नेकपा माओवादी केन्द्र जिल्ला इन्चार्ज गोविन्द पराजुली ले सबै निर्बाचित पदाधिकारिहरुले मिलेर बिकासका कामहरु गर्न पर्ने बताउनु भयो । नेकपा एकिकृत समाजवादी केन्द्रिय सदस्य सोम सापकोटाले सबैलाई धन्यवाद दिदै सबै सग हातेमालो गरेर अगाडि बढ्ने बताउनु भयो । जिल्ला सम्मन्वय समितिका समन्वय अधिकारि पुर्ण प्रसाद दुलालले कार्यक्रम सञ्चालन गर्नु भएको थियो ।
