सम्पर्क

सहकारी ब्यबस्थापन तालिम

मानेखर्कमा नेपाल कृषि सहकारी केन्द्रिय सघंको आयोजनामा भएको कार्यक्रलाई टि जि एच र ग्रामिण समाज कल्याण सघं नेपालको सहयोगमा सक्षम सहकारी ब्यबस्थापन सम्बन्धी प्रशिक्षण शुरु भएको छ । पाँचपोखरी थाङ्पाल गाउँपालिका वडा नम्बर ४ मानेखर्कमा सहकारी संस्थाको क्षमता अभिवृद्वि गर्ने उद्देश्यले प्रशिक्षण तालिमको आयोजना गरिएको हो । सो तालिमको नेपाल कृषि सहकारी केन्द्रिय संघको अध्यक्ष एवम् साना किसान बिकास लगुबित्त बित्तीय संस्थाका अध्यक्ष खेम पाठकले उद्घाटन गर्नुभएको थियो । पाठकले सहकारी सञ्चालन , ब्यबस्थापन, लगायतका विषयमा रहेर सहभागिहरुलाई प्रशिक्षण दिनुभएको सुर्यमुखि साना किसान कृषि सहकारी संस्थाका अध्यक्ष मित्रलाल चौलागाईले जानकारी दिनुभयो । कार्यक्रममा चौलागाईले साना किसान कृषि सहकारीका फाइदा, यसले गर्दै आएका लगायतका बारेमा जानकारी गराउनुभएको थियो । सोमबार बाट सुरु भएको तालिम बुधबार सकिने छ ।