सम्पर्क

ब्रेकिङ न्युज २

खोलामा डुबेर तौथलीका एक किशोर बेपत्ता

ब्रेकिङ न्युज २, समाचार
सिन्धुपाल्चोकका एक किशोर सुन्दरीजल स्थित खोलामा डुबेर बेपत्ता भएका छन् । सिन्धुपाल्चोक त्रिपुरासुन्दरी गाँउपालिका तौथलि घर भई बुढानिलकण्ठ नगरपालिका १२ कपन राधाकृष्ण मन्दिर नजिकै बस्ने १६ वर्षीय शुभमश्री प्रधान बेपत्ता भएका हुन् । शनिबारको समय भएकोले प्रधानसहित सातजना केटाहरू घुम्न सुन्दरीजल गएका थिए । अपराह्न करिब ४ बजेदेखि प्रधान बेपत्ता भएका प्रधानको खोजी कार्य जारी राखिएको प्रहरी वृत्त बौद्धका डीएसपी ढुण्डीराज न्यौपानेले बताउनुभयो ।...

भोटेकोशीद्धारा बर्षातमा सतर्क रहन अनुरोध

जिबनशैली, ब्रेकिङ न्युज २, समाचार, स्वास्थ्य
सिन्धु पाल्चोक जिल्ला भोटेकोशी गाँउपालिकाले आफेना नागरिकलाइ बर्षाको कारणले जुसुकै बेला पनी बिपद आउँन सक्ने भएकाले सतर्क रहन अनुरोध गरेको छ । पालिकाको तर्फबाट सुचना जारि गर्दै यस्तो अनुरोध गरेको हो । प्रमुख प्रशासकिय प्रमुख भद्र बहादुर बस्नेतले हस्ताक्षर गरि हरेक, वडा कार्यलय हरेक बिद्यालयहरुलाइ समेत सचेत गराउँदै सुचना जारी गर्नु भएको छ । सुचनामा बाढी÷पहिरो बाट सम्भावित जोखिम क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सावधानी अपनाउन अनुरोध गरिएको हो । जारी सुचनामा केहि दिन यता मनसुन सक्रिय भई भारी वर्षात हुने हुदाँ जुनसुकै समयमा पनि विपत आइलाग्ने सम्भावित जोखिम क्षेत्र,भोटेकोशी नदि तटिय क्षेत्र, कोदारी राजमार्ग दायाँ–बायाँ बसोबास गर्ने साथै अन्य खोला किनार,भिरालो भुभागमा बसोबास गर्नु हुने सम्पुर्ण भोटेकोशी बासिहरुलाई आफुलाई पायक पर्ने सार्वजानिक सुरक्षित भवन (विद्यालय,सामुदायिक भवन,पाटी पौवा) मा बसोब...

शिक्षक महासंघ सिन्धुपाल्चोकको पहिलो बैठक विविध निर्णय गर्दै सम्पन्न

जिबनशैली, ब्रेकिङ न्युज २, समाचार
चौतरा/ नवगठित सिन्धुपाल्चोक शिक्षक महासंघको पहिलो बैठक कृष्ण रत्न गङ्गामाबि चौतारामा आज सम्पन्न भएको छ।बैठकले महासंघ को कार्यलय समेत शिक्षा बिकास तथा समन्वय इकाई प्रमुख कृष्णप्रसाद सुवेदी बाट उदघाटन गरी खोलिएको छ।शिक्षक महासंघ अध्यक्ष कुमार प्रसाद खतिवडा को अध्यक्षतामा बसेको बैठकमा नेपाल शिक्षक संघका अध्यक्ष तुलसी कुमार दङ्गाल, राष्ट्रिय शिक्षक संगठनको अध्यक्ष मैया पौडेल ,निवर्तमान शिक्षक महासंघ अध्यक्ष ध्रुब राज गिरी लगायतका संघ ,संगठनका प्रतिनिधिहरुको उपस्थितिमा बैठक सम्पन्न भइ जिल्लाको शैक्षिक गुणस्तर कायम गराउन शिक्षकहरुको पेशा ग्यारेन्टी तथा शैक्षिक विषयमा गम्भीर छलफल भएको थियो।केन्द्रिय शिक्षक महासंघ लाइ सरकार संग गरेको ५१ बुदे सहमति कार्यन्वयन गराउन दबाब दिने देखि लिएर स्थानीय सरकारले शिक्षकहरुलाइ गरेको विभेदको बिरोध जनाइएको छ।...

सञ्चारमा सुरक्षित कार्यस्थल निर्देशिका मस्यौदा हस्तान्तरण

ब्रेकिङ न्युज २, समाचार
  साउन ४, काठमाडौं । सञ्चार क्षेत्रका लागि कार्यस्थलमा हुने लैङ्गिक हिंसाबारे निर्देशिकाको मस्यौदा तयार पारिएको छ । सञ्चार प्रतिष्ठान र मिडियाको समग्र क्षेत्रको कार्यस्थललाई सुरक्षित गर्न संयन्त्रको आवश्यकता महसुस गरेर प्रेस काउन्सिल नेपाल, नेपाल पत्रकार महासङ्घ र यस क्षेत्रमा कार्यरत सङ्घसंस्था एवं विज्ञहरूबिच छलफलसहित निर्देशिकाको मस्यौदा तयार भएको हो । मिडिया एडभोकेसी गु्रप (म्याग), सहयोगी संस्था सोलिडारिटी सेन्टर नेपालले संयोजनमा विभिन्न प्रदेशमा भएको अन्तक्रियासहित तयार मस्यौदालाई बुधबार काउन्सिल र महासङ्घलाई बुझाइएको हो । म्यागका निर्देशक बबिता बस्नेतले उक्त मस्यौदा काउन्सिल अध्यक्ष बालकृष्ण बस्नेत र महासङ्घ अध्यक्ष विपुल पोखरेललाई हस्तान्तरण गर्नुभयो । उक्त मस्यौदामाथि दुवै संस्थाबीच थप छलफल र गृहकार्य गरी कार्यान्वयन तहमा लैजाने अध्यक्ष बस्नेतले जानकारी दिनुभयो । ...

सिहं दरबारको अधिकार गाँउमा बलेफीको प्रयास

जिबनशैली, ब्रेकिङ न्युज २, विचित्र संसार, समाचार, स्वास्थ्य
सिन्धुपाल्चोक जिल्लाको बलेफी गाउँपालिकाले सिहदरबारको अधिकार गाँउमा भन्ने नारालाइ ब्यवहारमा उतार्ने प्रयास गरेको छ । बलेफी गाँउपालिकाका अध्यक्ष गङ्गा बहादुर तामाङ्गले आफ्ना पालिकाका जेष्ठ नागरिककोे घरमै पुगेर भत्ता दिने अभियान शुरु गरेर यसको प्रयास शुरु गर्नु भएको हो । स्थानीय तहको दोश्रो निर्वाचनमा निर्वाचीत भए पछी तामाङ्गको लोकप्रियता बढ्दै गइरहेकोबेला यसरी जेष्ठ नागरिकको घरमा भत्ता जान थाले पछी झन लोकप्रियता बढेको छ । गाऊपालिका अध्यक्ष तामाङ को बिषेश पहलमा एनआइसी एसिया बैंक संग सहकार्य गर्दै प्रहरी प्रशासनको रोहबरमा बलेफी–४ अदमारा निवाशि जेस्ठ नागरिक १०३ बर्षिय विष्णुमाया खत्री लाई सामाजिक सुरक्षा भत्ता बापत पाउानेरकम हस्तांतरण गर्दै गाऊघर तथा टोल टोलमा समाजिक सुरक्षा भत्ता वितरण कार्य सुरू गर्नु भएको छ ।बलेफी गाउँपालिकाले घर घरमै गएर बृद्धा भत्ता दिन थाले पछी दिनभर हिँडेर बलेफीस्थित एनआ...

चैतारासाँगाचोकगढी नपा १४मा मकैको क्षती

जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज २, राजनिती, समाचार, स्वास्थ्य
सिन्धुपाल्चोकचौतारा साँगाचोकगढी नगरपालिका वडा नं १४मा हावा हुरीका कारण क्षती भएको मकैको निरिक्षण भएको छ । वडाका किसानलाइ परेको मर्काको सुनुवाइ गर्दै नगरपालिकाका उपप्रमुख सिता थापाले किसानको मेहनत खेर गएकोमा दुख लागेको बताउँनु भयो । पिडीत कृषकलाइ सान्त्वना दिदै थापाले यसको क्षेतीपुर्तीका लागी आबश्यक पहल गरिने बताउँनु भयो । चौतारा साँगाचोकगढी नगरपालिका १४ नं वडा डडुवाको मकै बढी प्रख्यात हुने गरेको छ । यस अबस्थामा गत शनीबार गएको हावाहुरीका कारण मकै ढलेर काम नलाग्ने भएको थियो भने नढलेको मकै पनी बदेलले नास गरिरहेको छ । बदेल धपाउँनका लागी रातभर जाग्रम बस्न परेको कृषक कृष्ण बहादुर खत्रीले बताउँनु भयो । यसै क्रममा उप प्रमुख सिता थापाले दुग्ध कृषकलाइ प्रतिलिटर तिन रुपैयाका दरले अनुदान दिने नगररपालिकाको निर्णय भएकाले दुध उत्पादनमा लाग्न समेत अनुरोध गर्नु भयो । उँहाले वडा कार्यलय नजीकै रहेको घट्टको न...

डाक्टर माथी हातपात अस्पताल बन्द

ब्रेकिङ न्युज २, समाचार, स्वास्थ्य
सिन्धुपाल्चोक जिल्लाको इन्द्रावती गाउँपालिकामा र।हेको नवलपुर प्राथमिक अस्पतालमा कार्यरत कार्यालय प्रमुख डा. धर्मेन्द्र पाण्डेय माथी हातपात भएको समाचार प्राप्त भएको छ । सोमवार दिउँसो १२ः३५ बजेको समयमा पुर्व एम्बुलेन्स चालक चुन बहादुर रानामगर ले उहाँ माथी हातपात गरेको जनाइएको छ । अस्पताल सोमबारै एक बिज्ञेप्ती जारी गर्दै यस्तो जनाइएको हो । द्धारा जारी बिज्ञेप्तीमा बिरामी जाँच्ने कक्ष भित्रै गएर नवलपुर प्राथमिक अस्पतालका पुर्व एम्बुलेन्स चालक चुन बहादुर रानामगर ले डाक्टर माथी अभद्र व्यवहार, गाली –गलौच र हातपात गरेको जनाएको छ । उक्त दोशी व्यक्तिलाई कारवाही गरी छानबिन नहुन्जेल सम्मको लागी नवलपुर प्राथमिक अस्पताल बाट प्रवाह हुने आकस्मिक सेवा बाहेकका सबै सेवा अनिश्चितकाल सम्म को लागी बन्द रहने समेत बिज्ञप्ती मार्फत अस्पतालले जानकारी गराएको छ ।...

रोम बिधान अनुमोदन गर्न माग गर्दै इन्सक द्धारा ज्ञापन पत्र पेश

जिबनशैली, ब्रेकिङ न्युज २, राजनिती, समाचार
  सिन्धुपाल्चोक । ०७९ साउन २ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सिन्धुपाल्चोकले अन्तर्राष्ट्रिय फौजदारी अदालतको स्थापनाका अवसरमा रोम बिधान अनुमोदन गर्न ०७९ साउन २ गते नेपाल सरकार संग माग गरेको छ । रोम बिधान पारित गरिएको दिन १७ जुलाईको स्मरणमा संसारभर मनाइने अन्तर्राष्ट्रिय न्याय दिवसले दण्डहिनताको अन्त्य गरी पीडितको न्याय सुनिश्चिततका लागी रोम बिधान अनुमोदन गर्न माग गरिएको इन्सेक जिल्ला प्रमुख नातिबावु धितालले बताउनु भयो । प्रमुख जिल्ला अधिकारी मार्फत सम्माननीय प्रधानमन्त्री शेरबहादुर देउवा समक्ष ज्ञापन पत्र पेश गरिएको हो । जिल्ला प्रशासन कार्यालयका साहायक प्रमुख जिल्ला अधिकारी निराजन श्रेष्ठले ज्ञापन पत्र बुझ्दै प्राप्त ज्ञापन पत्र आजै प्रधानमन्त्रीको कार्यालयमा पठाउने बताउनु भयो । नेपालले अन्तर्राष्ट्रिय स्तरमा गरिएका मानवअधिकार सम्बन्धी प्रतिबद्धता सरकारलाई स्मरण ग...

जुरेपिडीतको राहत रकम फुकुवा

ब्रेकिङ न्युज २, समाचार
सिन्धुपाल्चोक जिल्ला २०७१ सालमा गएको जुरे पहिरो पीडितले लामो समय पछी राहत पाउँने भएका छन। जुरे पहिरो पीडितको नाममा जनस्तरबाट संकलित रकम सरकारले रोक्कागरी राखेकोमा फुकुवा गरी पिडीतलाइ बितरण गर्न स्वीकृत दिने निर्णय गरेको छ।मन्त्री परिषद्को असार ३१ गते शुक्रबार बसेको बैठकले यस्तो निर्णय गरेको हो ।मन्त्रीपरिषद् बैठकका निर्णय सुनाउँदै आइतबार सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जुरे पहिरो पीडित समुदायका लागि जनस्तरबाट संकलित रकम फुकुवा गर्न स्वीकृत दिने निर्णय गरेको जानकारी दिनु भयो । पीडितको नाममा २ करोड २४ लाख सरकारी खातामा रोकिएको थियो। सरकारले फुकुवा गर्ने निर्णयपछि अब ८ बर्षपछि पीडितहरुले सो रकम पाउने भएका हुन्। यस अघी पनी जिल्ला बिपद ब्यस्थापन समितीको सिफारिस अनुसार रकम फुकुवा भए पनी बितरण हुन सकेको थिएन । २०७१ साउन १७ गते अन्तर्राष्ट्रिय क्षेत्...

सुनकोसी गाँउपालिक सभा स्थगित

ब्रेकिङ न्युज २, समाचार
सिन्धुपाल्चोक जिल्ला सुनकोसी गाँउपालिकाको गाँउसाभा आज सम्म पनी बस्न सकेको छैन । सुनकोशी गाँउपालीकमा अध्यक्ष टपेन्द्र प्रसाद तिमल्सिनाले आफ्नो अडान नछोडि एकलौटि गर्न खोजे पछि गाउँ सभा स्थगित भएको वडा अध्यक्ष हरुले बताउँनु भएको छ। गाँउसभा स्थगित भए पछि तुरुन्तै गाँउपालिका भित्र रहेका करारका कर्मचारीलाई साउन १ गते देखि हाजिर नगराउन भन्दै अध्यक्षको हस्ताक्षर मा एक बिज्ञप्ति निकालि ७ वटै वडालाई साउन १ गते देखि करारका कर्मचारीहरूको हाजिर नगराउँन अनुरोध गर्नु भएको छ । गाउँ कार्यपालिका को बैठकमै छलफल नगरि गाँउसभा बोलाई आफुखुसि निर्णय गर्न खोजे पछि बैठक स्थगित भएको उपाध्यक्ष कान्छि लामाले बताउनुभयो। यस अघि निर्वाचित लगत्तै अध्यक्ष टपेन्द्र प्रसाद तिमल्सिनाले तलव भत्ता नलिने गाँउपालिकाको सेवासुविधा नलिने सरकारि गडि नचड्ने भनी सार्वजनिक रूपमै घोषणा गर्नुभएको थियो।तर अहिले गाँउपालिकाबाट तेल र मर्म...