सिन्धु पाल्चोक जिल्ला भोटेकोशी गाँउपालिकाले आफेना नागरिकलाइ बर्षाको कारणले जुसुकै बेला पनी बिपद आउँन सक्ने भएकाले सतर्क रहन अनुरोध गरेको छ । पालिकाको तर्फबाट सुचना जारि गर्दै यस्तो अनुरोध गरेको हो । प्रमुख प्रशासकिय प्रमुख भद्र बहादुर बस्नेतले हस्ताक्षर गरि हरेक, वडा कार्यलय हरेक बिद्यालयहरुलाइ समेत सचेत गराउँदै सुचना जारी गर्नु भएको छ ।
सुचनामा बाढी÷पहिरो बाट सम्भावित जोखिम क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सावधानी अपनाउन अनुरोध गरिएको हो । जारी सुचनामा केहि दिन यता मनसुन सक्रिय भई भारी वर्षात हुने हुदाँ जुनसुकै समयमा पनि विपत आइलाग्ने सम्भावित जोखिम क्षेत्र,भोटेकोशी नदि तटिय क्षेत्र, कोदारी राजमार्ग दायाँ–बायाँ बसोबास गर्ने साथै अन्य खोला किनार,भिरालो भुभागमा बसोबास गर्नु हुने सम्पुर्ण भोटेकोशी बासिहरुलाई आफुलाई पायक पर्ने सार्वजानिक सुरक्षित भवन (विद्यालय,सामुदायिक भवन,पाटी पौवा) मा बसोबास गर्न हुन वा गाउँपालिकाबाट उपलब्ध गराईएको जस्तापाता÷टेन्ट को अस्थायी टहरा निर्माण गरी वर्षातको समय अवधि भर सुरक्षित हुन् सबैमा अनुरोध गर्दछौँ । सार्वजानिक भवनहरुमा सम्बन्धित निकायका पदाधिकारीहरुले उचित प्रबन्ध मिलाई सहयोग गरिदिहुन अनुरोध छ भनीएको छ ।
