सिन्धुपाल्चोक–केही समयअघिदेखि सुनकोसी र इन्द्रावती नदीक्षेत्रमा मापदण्डविपरित दोहन भइरहेको भन्दै गुनासो आएको थियो । केही संञ्चारमाध्यममा सुरक्षाकर्मी ,जिल्ला समन्वय समिति र स्थानीय प्रशासनकै मिलेमतोमा दोहन भएको भन्दै समाचार आएपछि स्थानीय निराशिए । त्यसलाई चिर्न बुधवार दिउसोदेखि अबेरभर नवर्निवाचित जिल्ला समन्वय समितिका प्रमुख बालकृष्ण श्रेष्ठ सहित प्रशासकिय अधिकृत ,प्राविधिकको टोलीले बगर अनुगमन गर्नुभएको छ। जिससको अनुगमनको टिम स्थलगत पुग्दा दोहन गरिएको भनिएका बन्देउ क्षेत्रका क्रसरमा एकदमै सुनसान देखिएको सम्मन्वय प्रमुख श्रेष्ठले बताउनुभयो । ‘हामी आउने सूचना पाउनेबित्तिकै सबै क्रसर बन्द गरिएका रहेछन् ,केही क्रसरले मापदण्डविपरित दोहन गरिरहेको पायौ, एकबाहेक अन्य क्रसरका संञ्चालक सम्पर्कमा आएनन् ,छलफलमा बोलाउदैछौ,’उह“ाले भन्नुभयो ।
त्यह“ा पुग्दा सुचना पहिलै पाइसकेकाले सबै एक्जाभेटर थन्काएपनि बगरभर किनारपिच्छै मनमौजी खन्दा बनेको ठुला खाल्डैखाल्डा , बालुवाको थुप्रो, खोला नै फर्काएर सडक , खोलामै जथाभावी जह“ा टिप्पर र एक्जाभेटर दौडाइएको पाइएको उहाले ब
ताउनुभयो ।

‘बगरमै बालुवा छान्ने र प्याकिङ हुन्छ ,बगरमै पालटहरा बनाइएको पनि देखियो, मापदण्ड विपरित हुनु गलत हो , यसलाई रोक्न तत्कालै पहलकदमीमा जानेछौ,’उहाले भन्नुभयो । यसअघि सि“धै नदीजन्य पदार्थ निकालिरहेका दर्जनौ एक्जाभेटरबाट छान्ने जालीसहित झण्डै ५० टिप्पर खोलाबाटै वारपार गरेर धमाधम बालुवा ओसारिरहेको आहिले सुनकोसी र इन्द्रावती बगरमा देखिएको थियो । जिसस प्रमुक श्रेष्ठकाअनुसार एक किलोमिटरको दुरीमा एउटा एक्जाभेटरले नदीको स्वरुपमा दख्खल नपुग्ने गरी दुई मिटरसम्म खन्न पाउने प्रावधान छ । तर, सुनकोसी र मेलम्चीमा झण्डै ४ देखि ५ मिटरसम्म गहिरो बालुवा खन्ने काम भएको छ । बिहान ६ बजेबाट सुरु हुने उत्खनन् रातभर बगर उज्यालो बनाएर नै चलिरहने गरेको छ । मापदण्डको धज्जी उडाएर बगरमा बालुवा छान्ने र टिप्परमा तैयार पारेर लगिने गरिन्छ । जथाभावी दोहन रोक्न स्थानीयले चौतारासा“गाचोकगढी नगरपालिका, प्रहरीप्रशासनदेखि जिल्ला समन्वय समितिमासमेत् लाइ सूचना दिएका छन् । ‘जनताको सेवा गर्न बसेका स्थानीय सरकार आफै मौन छन्, अब कसलाई गुहार्न जाने ?,’ चौतारा सा“गाचोकगढी नगरपालिका माझीगाउ“का श्रवण माझीले प्रश्न गर्नु भयो । रातभर उत्खनन् भइरहेको जानकारी हु“दापनि नगर , प्रशासन,प्रहरीले केही नगरेको उहाँले आरोप लगाउँनु भयो । जनप्रतिनिधिको आफन्त बालुवा उत्खनन्मा जुटेकाले सबै मिलेमतोमा हुने गरेको र छोरा,भतिजा र आफ्नो मोटो रकमको प्रलोभनमा रातभर उत्खनन् भइरहनाले प्राकृतिक स्रोतको बर्बाद भएको स्थानीयको आरोप छ । ‘त्यसैले रातीपनि नदीजन्य पदार्थ उत्खनन् गर्न जनप्रतिनिधिले अधिकार दिएका छन् ,’उहाले भन्नु भयो । भने यसअघिझै सुनकोसी नदीमा भइरहेको चरम उत्खनन्लाई जनप्रतिनिधि,प्रशासन, जिल्ला समन्वयले रोक्ने र अनुगमन गर्ने प्रतिबद्धता गर्दैआएका छन् ।(तस्बीर अनिश तिवारीबाट)
