सम्पर्क

शिक्षक महासंघ सिन्धुपाल्चोकको पहिलो बैठक विविध निर्णय गर्दै सम्पन्न

चौतरा/ नवगठित सिन्धुपाल्चोक शिक्षक महासंघको पहिलो बैठक कृष्ण रत्न गङ्गामाबि चौतारामा आज सम्पन्न भएको छ।बैठकले महासंघ को कार्यलय समेत शिक्षा बिकास तथा समन्वय इकाई प्रमुख कृष्णप्रसाद सुवेदी बाट उदघाटन गरी खोलिएको छ।शिक्षक महासंघ अध्यक्ष कुमार प्रसाद खतिवडा को अध्यक्षतामा बसेको बैठकमा नेपाल शिक्षक संघका अध्यक्ष तुलसी कुमार दङ्गाल, राष्ट्रिय शिक्षक संगठनको अध्यक्ष मैया पौडेल ,निवर्तमान शिक्षक महासंघ अध्यक्ष ध्रुब राज गिरी लगायतका संघ ,संगठनका प्रतिनिधिहरुको उपस्थितिमा बैठक सम्पन्न भइ जिल्लाको शैक्षिक गुणस्तर कायम गराउन शिक्षकहरुको पेशा ग्यारेन्टी तथा शैक्षिक विषयमा गम्भीर छलफल भएको थियो।केन्द्रिय शिक्षक महासंघ लाइ सरकार संग गरेको ५१ बुदे सहमति कार्यन्वयन गराउन दबाब दिने देखि लिएर स्थानीय सरकारले शिक्षकहरुलाइ गरेको विभेदको बिरोध जनाइएको छ।