सम्पर्क

प्रहरी द्धारा गाँजा नष्ट सहीत बिभिन्न कार्बाही

सिन्धुपाल्चोक जिल्ला प्रहरी कार्यलयले अबैध रुपमा उम्रेको गाँजा नष्ट गरेको छ । जिल्ला प्रहरी कार्यलयका प्र.ना.नि. घाश्याम नेपालको टोलीले चौतारा साँगाचोकगढी नगरपालिका ८र ९को सिमानामा पर्ने लामाचौउरमा उम्रेको ७००बोट गाँजा नष्ट गरेको हो ।हामीलाइ प्राप्त अर्काे समाचार अनुसार बाह्रबिसे नगरपालिका–६ जम्बुमा सोही ठाउँ नगरपालिका–८ बस्ने२१ वर्षीय दिपक भण्डारीको बुधबार साँझ मृत्यु भएको छ । त्रिवेणी ब्रमायणी कन्ट्रक्सनप्रालिको स्काईभेटरकको बकेट उठाई डिजेल हाल्ने क्रममा बिजुलीको तारमा बकेटले छुनजाँदा करेन्ट लाग्दा उहाँको मृत्यु भएको हो ।यसै गरी प्रहरी महानिरिक्षकको सचिबालय केन्द्रीय प्रहरी समाचार कक्षले बिभिन्न स्थानमा भएको घटनामा बिभिन्न कार्बही गरेको जनाएको छ । समाचार कक्ष बाट प्राप्त समाचार अनुसार सर्लाही, हरिपुर नगरपालिका–९ दनुवारीबाट नियन्त्रित लागूऔषध ४ सय ९५एम्पुल डाइजेपाम, ५ सय एम्पुल फेनारगन, १ सय ४४ एम्पुल स्पास्मोप्रोक्सभन र ५ सयएम्पुल लेबल तथा नाम नखुलेको लागूऔषध सहित २ जनालाई बुधबार राति प्रहरीलेपक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा चितवन कालिका नगरपालिका–३ बस्ने ३५ वर्षीय दिपक खत्री र काभ्रेपलाञ्चोक रोशी गाउँपालिका–४ बस्ने २६ वर्षीय बिजय लामा रहेका छन् ।ना.२० प ९३७ नम्बरको मोटरसाइकलमा आउँदै गरेका उनीहरूलाई खटिएको प्रहरीलेजाँच गर्ने क्रममा झोलामा लुकाई ल्याउँदै गरेको उक्त लागूऔषध सहित फेला पारीमोटरसाइकल चालक दिपक र मोटरसाइकलमा सवार बिजयलाई पक्राउ गरेको हो । यसै गरी धादिङ, गजुरी गाउँपालिका–२ चालिसेबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित कास्की रुपा गाउँपालिका–१ फस्ल्याङकोट बस्ने २६ वर्षीय कृष्ण श्रेष्ठलाई बुधबारदिउँसो प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालयगजुरीबाट खटिएको प्रहरीले पैदल आउँदै गरेका उनलाई जाँच गर्ने क्रममा उक्त गाँजा सहितफेला पारी पक्राउ गरेको हो ।मोरङ, पथरीशनिश्चरे नगरपालिका–४ सोमबारे चोकबाट करिब २ ग्राम ५ सयमिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ, ९७ चक्की स्पसपेन र ९० चक्कीप्रमोल सहित सोही ठाउँ बस्ने २१ वर्षीय अमृत लिम्बुलाई बुधबार साँझ प्रहरीले पक्राउगरेको छ । ईलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरीले उक्त लागूऔषध सहितउनलाई पक्राउ गरेको हो ।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।प्राप्त समाचार अनुसाररूपन्देही, जिल्ला सैनामैनानगरपालिका–२ प्रसाद भुसाललाई चार वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ गरिएको छ ।सैनामैनानगरपालिका–२ सरौली संगमचोक बस्ने ४९ वर्षीय खेम प्रसाद भुसाललाई गएराति प्रहरीलेपक्राउ गरेको हो ।भुसालले ती बालिकालाई आफ्नै घरमा जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्तहुनासाथ ईलाका प्रहरी कार्यालय रन्यौराबाट खटिएको प्रहरीले उहाँलाई पक्राउ गरेको हो ।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । हामीलाइ प्राप्त समाचार अनसुसार प्रहरीले भोजपुर, ५ हतुवागढी गाउँपालिका–२ पूर्णेबजार बस्ने २७ वर्षीय दिकपाल राईलाई १ थानभरुवा बन्दुक सहित बुधबार राति पक्राउ गरेको छ ।राईले वादविवादको कारण सोही ठाउँ बस्ने २८ वर्षीय बिश्वहाङ राईलाई भरुवाबन्दुकले प्रहार गर्दा बन्दुकको छर्रा लागेर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाकाप्रहरी कार्यालय घोडेटारबाट खटिएको प्रहरीले उनलाई बन्दुक सहित पक्राउ गरेको हो ।घाइतेको स्थानीय स्वास्थ्य चौकी घोडेटार हुँदै धरान घोपा अस्पतालमा थप उपचारभइरहेको र अवस्था सामान्य रहेको छ ।यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।प्राप्त समाचार अनुसार काठमाडौं, तारकेश्रर नगरपालिका–३ पाँचमानेस्थित सडकको भितामाथि रहेकोठुलोढुङ्गा गएराति बाटोमा खस्दा सडक पूर्णरुपमा अवरोध भएको छ । सडक अवरोधभएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले सडक खुलाउनआवश्यक पहल गरिरहेको छ ।लमजुङ, बेशीशहर नगरपालिका–१ उदिपुरस्थित सडकमा बिहीबार बिहान पहिरोजाँदा झरी डुम्रे– बेसिशहर सडक पूर्णरुपमा अवरोध भएको छ । सडक अवरोध भएको भन्नेखबर प्राप्त हुनासाथ अस्थाई प्रहरी पोष्ट उदिपुरबाट खटिएको प्रहरीले सडक खुलाउनआवश्यक पहल गरिरहेको छ ।बाढीको कारण विभिन्न धनमाल नष्टकाठमाडौं, ५ साउनदार्चुला, अपिहिमाल गाउँपालिका–४ मट खोलामा बुधबार दिउँसो आएको बाढीलेसोही ठाउँस्थित मट खोला गाउँ र भट्टाड गाउँ जोड्ने काठे पुल बगाएको छ । हालआवतजावतमा बाधा पर्न गएको छ ।नुवाकोट, शिवपुरी गाउँपालिका–७ चापाकोटस्थित अबिरल बर्षाको कारण टोखाछहरे सडक खण्डमा चापाकोट ठाडो खोलामा बुधबार राति आएको बाढीले बा.९६ प९८९७ नम्बरको मोटरसाइकल बगाएको छ । उक्त खोलाले मोटरसाइकल बगाएको भन्नेखबर प्राप्त हुनासाथ अस्थायी प्रहरी पोष्ट गुर्जेबाट खटिएको प्रहरीले मोटरसाइकल चालकबिदुर नगरपालिका–९ किम्ताङ बस्ने ३५ वर्षीय सुक बहादुर तामाङलाई उद्दार गरीउपचारका लागि काठमाडौंतर्फ पठाएको छ । साथै खोलाले सडकमा गेगर बगाई ल्याउँदासडक अवरोध भएकोले खुलाउने पहल भइरहेको छ ।बाजुरा, हिमाली गाउँपालिका–५ क्युडीस्थित क्युडी खोलामा बुधबार दिउँसो आएकोबाढीले सोही ठाउँ बस्ने अभिमान लुहारको सोही खोला नजिकै रहेको बाख्राको खोर र सोहीठाउँस्थित करिब ८० घर परिवारको धान रोपेको खेत बगाएको छ ।घटनास्थलमा तत्काल खटिएको प्रहरीले आवश्यक उद्दार कार्य गरिरहेको छ । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार बर्दिया, बढैयाताल गाउँपालिका–२ फुटाहास्थित माछापोखरीमा डुबेर सोही ठाउँबस्ने बिर्ख बहादुर भण्डारीको छोरा ९ वर्षीय भुवन भण्डारी र चन्द्र बोहराको छोरा ८वर्षीय युवराज बोहराको बुधबार दिउँसो मृत्यु भएको छ । पोखरीको छेउमा खेल्ने क्रममाअचानक डुबेर अशक्त भएका उनीहरूको बर्दिया अस्पताल गुलरियामा उपचारको क्रममामृत्यु भएको हो ।स्याङजा, गल्याङ नगरपालिका–६ पेलाकोटस्थित सिंचाई पोखरीमा डुबेर सोही ठाउँबस्ने कामना गुरुङकी छोरी ४ वर्षीया सोफिया गुरुङ र सोही ठाउँ बस्ने ३३ वर्षीया बिन्द्रगुरुङको बुधबार साँझ मृत्यु भएको हो । सोफिया डुबेको देखेपछि उनको उद्दार गर्न गएकीबिन्द्र समेत डुबेर अशक्त भएको अवस्थामा तत्काल उद्दार गरी प्राथमिक स्वास्थ्य केन्द्रवालिङ लगेकोमा उपचारको क्रममा दुवै जनाको मृत्यु भएको हो ।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।यसै गरी सिन्धुली, दुधौली नगरपालिका–७ सिमराई बस्ने ३४ वर्षीया सबिना बिकको बुधबारदिउँसो करेन्ट लागेर मृत्यु भएको छ । ठुलोबुबाको घरबाट आफ्नो घर फर्कने क्रममा बाटोमालत्रिएको पुरानो तारमा छोएर करेन्ट लाग्दा गम्भीर घाइते भएकी उनको कटारीअस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । यसगरी हामीलाइ प्राप्त समाचार अनुसार ललितपुर, महालक्ष्मी नगरपालिका–६ लुभु सानागाउँ बस्ने ७७ वर्षीया मनदेवीमहर्जन आफ्नै कोठाभित्र बुधबार मृत अवस्थामा फेला परेकी छिन् ।उता कपिलवस्तुजिल्ला शिवराज नगरपालिका–२ टिकुलीगढ समयथान सामुदायिक वनकोसुराई खोलाको बगरमा हाल नाम, थर, वतन नखुलेका करिब ४५ वर्षीय पुरुषको शवबुधबार फेला परेको छ ।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।यसै गरी पोखरा महानगरपालिका–१७ शिशुनिकेतनस्थित सडकमा पार्किङ गरी राखेको ग.१च ३३१४ नम्बरको बोलेरो पिकअप भ्यानमा बुधबार राति अचानक आगलागी हुँदाभ्यानको अगाडिको भाग र चालक बस्ने सिट जलेर नष्ट भएको छ ।सोही ठाउँ बस्ने ४३ वर्षीय कुल प्रसाद शर्माको उक्त भ्यानमा आगलागी भएको खबरप्राप्त हुनासाथ सिआरभि विरौटाबाट खटिएको प्रहरीले आगलागी नियन्त्रणमा लिनुका साथैयस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।