सम्पर्क

जिल्ला सम्मन्वय अधिकारी सुबेदीको बिदाइ

सिन्धुपाल्चोक जिल्ला सम्मन्वय अधिकारी कृष्ण प्रसाद सुबेदीको शुक्रबार सरुवा भइ मन्त्रालय जानु हुने भए पछी समन्वय समितीमा बिदाइ गरिएको छ । जिल्ला सम्मन्वय प्रमुख बालकृष्ण श्रेष्ठ जिल्ला सम्मन्वय सचिवालयका प्रमुख हेमन्त श्रेष्ठ, जिल्ला सम्मन्वय समितीका लेखापाल कुशल अधिकारी ,घरेलु तथा सानाउद्योग कार्यलयका प्रमुख बिश्वनाथ काफ्ले लोकप्रिय समाचार दैनिकका प्रबन्धक नेत्र बहादुर बस्नेत लगाएतले कार्यलयमा नै बिदाइ गर्नु भएको हो । सुबेदीलाइ बिदाइ गर्दै सम्मन्वय प्रमुख श्रेष्ठले सिन्धुपाल्चोक रहँदा सबैलाइ सम्मन्वयकारी भुमिका निर्वाह गर्नु भएकोमा बिशेष धन्यवाद दिदै मन्त्रालयमा रहँदा पनी सिन्धुपाल्चोकको बिकासका लागी सहयोग गर्न आग्रह गर्नु भयो । सुबेदी २०७८ बैशाख २गते देखि जिल्ला सम्मन्वय अधिकारी को रुपमा सिन्धुपाल्चोकमा कार्यरत रहनु भयको कृष्ण प्रसाद सुवेदी २०७९साउन ६ गते बिदाई गरियको हो । काठमाण्डौ जिल्ला धापासि निवासि सुवेदी ले राजधानि नजिकैको जिल्ला सिन्धुपाल्चोकमा आएर काम गर्न पाउँदा खुशि लागेको बताउँदेै जिल्लाको बसाईमा २ सम्मन्वय प्रमुख सँग काम गर्ने अबशर मिलेकोमा खुशि लागेको बताउनु भयो । उँहाले सबै भन्दा राम्रो बजार बार्हबिसे लागेको बताउनुभयो । सुबेदिले सरकारी कर्मचारि भयको ले सरकारले लगाई आयको र खटायको ठाउँमा जाने आफ्नो कर्तव्य भयको बताउनु भयो । सुबेदिले भोटेकोशि र बार्हबिसे पर्यटकिय क्षेत्र भयकाले बढि आकर्षित भयको आफुले महशुस गरेको बतनउनु भयो ।उँहाको मन्त्रालयमा सरुवा भय सँगै जिल्लामा नयाँ अधिकारिका रुपमा गोमा देवि ढकाल उघोग मन्त्रालयबाट आउनु हुने भयको छ।