सिन्धुपाल्चोक जिल्लाको बलेफी गाउँपालिकाले सिहदरबारको अधिकार गाँउमा भन्ने नारालाइ ब्यवहारमा उतार्ने प्रयास गरेको छ । बलेफी गाँउपालिकाका अध्यक्ष गङ्गा बहादुर तामाङ्गले आफ्ना पालिकाका जेष्ठ नागरिककोे घरमै पुगेर भत्ता दिने अभियान शुरु गरेर यसको प्रयास शुरु गर्नु भएको हो ।
स्थानीय तहको दोश्रो निर्वाचनमा निर्वाचीत भए पछी तामाङ्गको लोकप्रियता बढ्दै गइरहेकोबेला यसरी जेष्ठ नागरिकको घरमा भत्ता जान थाले पछी झन लोकप्रियता बढेको छ । गाऊपालिका अध्यक्ष तामाङ को बिषेश पहलमा एनआइसी एसिया बैंक संग सहकार्य गर्दै प्रहरी प्रशासनको रोहबरमा बलेफी–४ अदमारा निवाशि जेस्ठ नागरिक १०३ बर्षिय विष्णुमाया खत्री लाई सामाजिक सुरक्षा भत्ता बापत पाउानेरकम हस्तांतरण गर्दै गाऊघर तथा टोल टोलमा समाजिक सुरक्षा भत्ता वितरण कार्य सुरू गर्नु भएको छ ।बलेफी गाउँपालिकाले घर घरमै गएर बृद्धा भत्ता दिन थाले पछी दिनभर हिँडेर बलेफीस्थित एनआइसी एसिया बैंक पुग्ने झन्झट हटेकोमा जेष्ठ नागरिकहरु मात्र होइन स्थानीय नागरिकहरु समेत खुशी भएका छन ।टाढाबाट हिँडेर बैंक पुग्दा पनि दिनभर लाइनमा उभिनुपर्ने बाध्यता बलेफी गाउँपालिमा हटेको बताउँदै ज्येष्ठ नागरिकले दुःख पाएको देखेर बलेफी गाउँपालिकाले अबदेखि हिँड्न नसक्नेलाई घरमै पुगेर भत्ता दिने अभियानको सुरुवात गरेको गाउँपालिका अध्यक्ष तामाङले जानकारीदिनु भयो । उँहाले जेष्ठ नागरिक,अशक्तलाई सामाजिक सुरक्षा भत्ता तथा पालिकाकोसुबीधा घरबाटै दिने र अरूलाई पनि टोल टोलबाट सामाजिक सुरक्षाभत्ता वितरण गर्ने व्यवस्था मिलाइएको बताउँनु भयो । भत्ता वितरणका लागि सम्बन्धित बैंकका कर्मचारी, जनप्रतिनिधि र नेपाल प्रहरीको संयुक्त टोली गाउँगाउँ जाने योजना बनाइएको छ । यो वर्ष पाँच वडामा लागू हुने समेत सो अबशरमा गाउँपालिका अध्यक्ष तामाङले बताउँनु भयो ।
