सम्पर्क

तत्कालसमस्या समधान गर्न नगर प्रमुख बस्नेतकोनिर्देशन

सिन्धु पाल्चोक जिल्ला बाह्र्बिसे नगर पालिकाका प्रमुख बालकृष्ण बस्नेतले नगरका कुनै पनी नागरिकलाइ समस्या नपरोस यदी परीहालेमा समस्या समधान गर्न सम्बन्धीत निकायले तत्काल आबश्यक कार्य अगाढी बढाउँनका लागी समबन्धीत शाखाका कर्मचारी हरुलाइ निर्देशन दिनु भएको छ । बाह्रबिसे मानेस्वारा घुम्थाङ्ग भैरबकुण्ड सडक खण्ड अन्तर्गत मानेस्वारा घट्टे खोलामा गएको पहिरोबाट आवत जावतमा समस्या पर्न गए पछी पहिरोको निरीक्षण गरि तत्काल उक्त बाटो सुचारु गराउनको लागि प्राबिधिकहरुलाई निर्देशन दिनु हँदै उँहाले उक्त कुरा बताउँनु भएको हो । निशुल्क शिक्षा स्वास्थ्य र स्थानीय रोजगामा का बिषयहरुमा आफ्नो पहीलो प्राथमिकता रहेको बताउँदै नगरपालीकाका प्रमुख बस्नेतले गाँउमा कुनै पनी नागरिक शिक्षा र स्वास्थ्यबाट बञ्चीत हुन नपरोस भनी आफुलागी परेको समेत बताउँनु भयो । जँहा मानिस शिक्षीत हुन्छन त्यहाका नागरिक स्वस पनी हुन्छन र जाँहा शिक्षीत र स्वस्थ नागरिक हुन्छन त्यँहा रोजगारको लागी पनी खाशै समस्या नपर्ने भएकाले आफुले पहीलो प्रथमिकतामा राखेको बताउँदै आउँनु भएका बस्नेतले आफु नगर प्रमुख भए लगत्तैे प्लस २सम्म निशुल्क शिक्षाको ब्यवस्थागर्नु भएको छ । त्यस लगत्तै नगरपालिकाको नगर प्रमुख बस्नेतकै को पहलमा पुर्ब सुचना तथा संचार मन्त्री श्री मोहन बहादुर बस्नेत को अगुवाइमा बार्हबिसे स्वास्थ चौकी बाट १५ सैयाबेड अस्पतालको स्थर उन्नती गर्नका लागी बजेट बिनियोजन भइ सकेको छ । पुर्ब सुचना तथा सञ्चार हुनु भएका बस्नेत त्यस अघी स्वास्थ्य मन्त्री हुनुभएको थियो । त्यही नाताले पनी सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे प्राथमिक स्वास्थ्य केन्द्रमा १५ बेडको अस्पताल,भोटेकोशी गाउँपालिकामा १० बेडको अस्पताल, त्रिपुरासुन्दरी गाउँपालिकामा १० बेडको अस्पताल,इन्द्रावती गाउँपालिकामा १५ बेडको अस्पताल,पाँचपोखरी गाउँपालिका १५ बेडको अस्पताल,सुनकोशी गाउँपालिकामा १५ बेडको अस्पताल,लिसङ्खुपाखर गाउँपालिकामा ५ बेडको अस्पताल,जुगल गाउँपालिकामा १० बेडको अस्पताल,बलेफी गाउँपालिका १५ बेडको अस्पताल, हेलम्बु १० बेडको अस्पताल,मेलम्ची नगरपालिका १५ बेडको अस्पताल स्थापना गराउने निर्णय गराउन सफल हुनु भएको नेपाली काँग्रेसका युवा नेता महाधिबेशन प्रतिनिधी युधिर पौडेलले बताउँनु भयो ।