विद्युतीय राहदानी चाँडै बनाई दिन्छु भन्दै सेवाग्राहीसँग ५०० देखि३७०० सम्म रकम लिने चार जना बिरूद्द सेवाग्राहीको उजुरिको आधारमा पक्राउ पुर्जि जारि गरिएको सिन्धुपाल्चोक जिल्ला प्रसासन चौताराले जनएको छ।विद्युतीय राहदानी (e–passport) चाँडै वनाई दिने भनी सेवाग्राहीहरुवाट रु ५००, रु १००० देखि रु ३,७०० सम्म अनाधिकृत रकम असूल गरेको भनी उजुरी परेपछि आरोपित ४ जनालाई खोजी पक्राउ गरी आवश्यक अनुसन्धान तथा कारवाहीका लागि सिन्धुपाल्चोक जिल्ला प्रहरी कार्यालयमा पठाइएको जिल्ला प्रसासन कार्यालय चौताराले आफ्नो फेसबुक पेज मार्फत जनाएको छ।विद्युतीय राहदानी तथा अन्य सेवाको फाराम आफैँ भर्न मिल्छ ।
कुनै निजी सेवा केन्द्रबाट सहयोग लिँदा पनि सामान्य सेवा शुल्क दिए हुन्छ । यसमा कुनै अतिरिक्त शुल्क लाग्दैन । कोही कसैले अतिरिक्त रकम मागेमा निजको हुलिया सहित कार्यालयमा अधिकृत समक्ष गुनासो गर्नुहुन सिन्धुपाल्चोक जिल्ला प्रसासन कार्यालय चौताराले सम्बन्धित सबैमा अनुरोध समेत गरेको छ ।
