सम्पर्क

चैतारासाँगाचोकगढी नपा १४मा मकैको क्षती

सिन्धुपाल्चोकचौतारा साँगाचोकगढी नगरपालिका वडा नं १४मा हावा हुरीका कारण क्षती भएको मकैको निरिक्षण भएको छ । वडाका किसानलाइ परेको मर्काको सुनुवाइ गर्दै नगरपालिकाका उपप्रमुख सिता थापाले किसानको मेहनत खेर गएकोमा दुख लागेको बताउँनु भयो । पिडीत कृषकलाइ सान्त्वना दिदै थापाले यसको क्षेतीपुर्तीका लागी आबश्यक पहल गरिने बताउँनु भयो । चौतारा साँगाचोकगढी नगरपालिका १४ नं वडा डडुवाको मकै बढी प्रख्यात हुने गरेको छ । यस अबस्थामा गत शनीबार गएको हावाहुरीका कारण मकै ढलेर काम नलाग्ने भएको थियो भने नढलेको मकै पनी बदेलले नास गरिरहेको छ । बदेल धपाउँनका लागी रातभर जाग्रम बस्न परेको कृषक कृष्ण बहादुर खत्रीले बताउँनु भयो । यसै क्रममा उप प्रमुख सिता थापाले दुग्ध कृषकलाइ प्रतिलिटर तिन रुपैयाका दरले अनुदान दिने नगररपालिकाको निर्णय भएकाले दुध उत्पादनमा लाग्न समेत अनुरोध गर्नु भयो । उँहाले वडा कार्यलय नजीकै रहेको घट्टको निरीक्षण गर्दै परम्परागत तर सस्कार, रिती रिवाज, लाइ समयानुकुल परिबर्तन गर्दै सस्कारलाइ टिकाइ राख्न पर्नेमा जोड दिदै परम्परागत घट्टमा पिधेको पिठो स्वादीष्ट र पोषिलो हुने बिश्वास ब्यक्त गर्नु भयो । निरिक्षणको क्रममा डडुवा आइपुग्नु भएका नगरपालिकाका कृषी तथा पशु शाखाका अर्जुन बहादुर खड्काले तत्काल बाली बिमागर्न सबै कृषकलाइ अनुरोध गर्दे रासायनिक मलको लागी डिलर माग गर्ने सबै सहकारीलाइ अनुमती दिएको बताउँनु भयो । स्थानिय कृषक धर्म नेपालले मल नपाएको , कृषको समस्या कसैले पनी नसुनेका भन्दै स मस्या समधान गर्न गरेको मागको समबन्धमा खड्काले नगर बाट मल खरिदका लागी घुम्ती कोषको समेत ब्यस्था गरेकोले समयमा नै मल खरिद गरि सञ्चीत गर्न स्थानिय सहकारी हरुलाइ अनुरोध गर्नु भयो । निरिक्षणकै क्रममा वडा अध्यक्ष उद्धव नेपालले आफ्ना वडाका नागरिकलाइ यस बर्ष मोसमले पनी साथ नदीएको र मलको हाहाकार, अनी लगाएको बाली पनी नास भए पछी वडाबासीलाइ ठुलो पिडा परेको हुँदा यस प्रती ध्यान दिन नगर प्रमुख उपप्रमुखलाइ अनुरोध गर्नु भयो । यो हप्ता मात्रै डडुवामा हावाहुरी र बदेलका कारण तिस लाख भन्दा बढीको मकै क्षेती भएको अनुमान गरिएको छ ।