सम्पर्क

बलत्कारको आरोपमा भुजेल पक्राउ


सिन्धुपाल्चोक जिल्ला सुनकोशी गाउँपालिका वडा नं. ५ हलेगाभा बस्ने वर्ष ५६ को डम्मर बहादुर भुजेललाइ विजल्ला प्रहरी कार्यलय सिन्धुपाल्चोकले पक्राउ गरी अनुसन्धान गरिरहेको समाचार प्राप्त भएको छ । जिल्ला प्रहरी कार्यलयका सुचना अधिकारी प्रहरी नायब उपरिक्षक दक्ष कुमार बस्नेतका अनुसार २०७९श्रावण०१ गते बेलुका १९ः३० बजेको समयमा सुस्त मनस्थिती भएकी अपांग वालिका वर्ष १२ कि परिवर्तित नाम सिन्धुपाल्चोक जिल्ला २९ बस्ने पीडित चौतारा (क) लाई जिल्ला सिन्धुपाल्चोक सुनकोशी गा.पा. वडा नं. ५ हलेगाभा बस्ने वर्ष ५६ को डम्मर बहादुर भुजेलले पँधेरोटोल स्थित कच्ची बाटोमा जवरजस्ती करणी गरेको भन्ने जाहेरीको आधारमा भुजेललाई श्रावण २ गते विहान २ बजे निजकै घरबाट नियन्त्रणमा लिईएको हो । जवरजस्ती करणी मुद्दामा सम्मानित सिन्धुपाल्चोक जिल्ला अदालतबाट दिन ७ को म्याद अनुमति लिई थप अनुसन्धान कार्य भइरहेको समेत बस्नेतले जानकारी दिनु भयो ।