सम्पर्क

डाक्टर माथी हातपात अस्पताल बन्द

सिन्धुपाल्चोक जिल्लाको इन्द्रावती गाउँपालिकामा र।हेको नवलपुर प्राथमिक अस्पतालमा कार्यरत कार्यालय प्रमुख डा. धर्मेन्द्र पाण्डेय माथी हातपात भएको समाचार प्राप्त भएको छ । सोमवार दिउँसो १२ः३५ बजेको समयमा पुर्व एम्बुलेन्स चालक चुन बहादुर रानामगर ले उहाँ माथी हातपात गरेको जनाइएको छ । अस्पताल सोमबारै एक बिज्ञेप्ती जारी गर्दै यस्तो जनाइएको हो । द्धारा जारी बिज्ञेप्तीमा

बिरामी जाँच्ने कक्ष भित्रै गएर नवलपुर प्राथमिक अस्पतालका पुर्व एम्बुलेन्स चालक चुन बहादुर रानामगर ले डाक्टर माथी अभद्र व्यवहार, गाली –गलौच र हातपात गरेको जनाएको छ ।

उक्त दोशी व्यक्तिलाई कारवाही गरी छानबिन नहुन्जेल सम्मको लागी नवलपुर प्राथमिक अस्पताल बाट प्रवाह हुने आकस्मिक सेवा बाहेकका सबै सेवा अनिश्चितकाल सम्म को लागी बन्द रहने समेत बिज्ञप्ती मार्फत अस्पतालले जानकारी गराएको छ ।